सर्लाही । सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा मङ्गलबार अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जना घाइते भएका छन् ।
मङ्गलबार अपरान्ह ४ बजेतिर पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल जुध्दा दुवै मोटरसाइकल चालकको मृत्युु भएको हो ।
दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।
प्रहरी निरीक्षक तामाङका अनुसार दुवै मोटरसाइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् ।
उनिहरुलाई बागमती मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको छ । तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठक्कर आएको आङ्कलन गरिए पनि दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: