काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमध्ये एक जनालाई न्यायिक छानबिन आयोग गठन गरेर छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
सोमबार बसेको संसद् बैठकमा भाग लिँदै सिंहले न्यायिक छानबिन आयोग गठन गरेर छानबिन गर्न र जो दोषी देखिन्छन्, उनलाई कारबाही गर्न माग गरेका हुन्। उनले भने, 'दुबै सत्य हुन सक्दैनन्। दुईमध्ये एक त पक्कै दोषी छन्।'
उनले थप भने, 'न्यायिक समिति गठन गरेरस पहिलेको कुलमानले भनिरहेको छ कि नाफा छ, त्यो दोषी हो कि ? अहिलेको हितेन्द्र भनिरहेको छ कि पाँच अर्ब एक महिनामै घाटा छ। कुनै कर्मचारीको छानबिन होइन, न्यायिक छानबिनबाट दुईटैलाई समातौँ, जो दोषी छ, उसलाई कारबाही गरौँ।'
उनीहरूले जनतालाई फरक-फरक सूचना दिएको र दुई वटामध्ये एउटा सत्य र अर्को दोषी भएको उल्लेख गर्दै त्यो पत्ता लगाउनका लागि आयोग बनाउनुपर्ने उनले बताए।
'एउटा भनिरहेको छ कि नेपाली जनतालाई नाफाको नाफामै छ, अर्को भन्छ कि आएको एक महिना भएको छैन, घाटाको घाटामै छ। दुईटैमध्ये एउटा त गलत होला नि, दुईटै सत्य हुन सक्दैन। को सत्य हो, को दोषी हो उसलाई न्यायिक छानबिन गरेरस म यसका लागि मन्त्रीज्यूलाई अनुरोध गर्दछु। न्यायिक छानिबन आयोग गठन गरौँ, नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो त्यसलाई कारबाही होस्। दुईटै दोषी हुन सक्दैन। एउटा दोषी हुनैपर्छ, एउटालाई कारबाही हुनैपर्छ,' उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: