काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमध्ये एक जनालाई न्यायिक छानबिन आयोग गठन गरेर छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
सोमबार बसेको संसद् बैठकमा भाग लिँदै सिंहले न्यायिक छानबिन आयोग गठन गरेर छानबिन गर्न र जो दोषी देखिन्छन्, उनलाई कारबाही गर्न माग गरेका हुन्। उनले भने, 'दुबै सत्य हुन सक्दैनन्। दुईमध्ये एक त पक्कै दोषी छन्।'
उनले थप भने, 'न्यायिक समिति गठन गरेरस पहिलेको कुलमानले भनिरहेको छ कि नाफा छ, त्यो दोषी हो कि ? अहिलेको हितेन्द्र भनिरहेको छ कि पाँच अर्ब एक महिनामै घाटा छ। कुनै कर्मचारीको छानबिन होइन, न्यायिक छानबिनबाट दुईटैलाई समातौँ, जो दोषी छ, उसलाई कारबाही गरौँ।'
उनीहरूले जनतालाई फरक-फरक सूचना दिएको र दुई वटामध्ये एउटा सत्य र अर्को दोषी भएको उल्लेख गर्दै त्यो पत्ता लगाउनका लागि आयोग बनाउनुपर्ने उनले बताए।
'एउटा भनिरहेको छ कि नेपाली जनतालाई नाफाको नाफामै छ, अर्को भन्छ कि आएको एक महिना भएको छैन, घाटाको घाटामै छ। दुईटैमध्ये एउटा त गलत होला नि, दुईटै सत्य हुन सक्दैन। को सत्य हो, को दोषी हो उसलाई न्यायिक छानबिन गरेरस म यसका लागि मन्त्रीज्यूलाई अनुरोध गर्दछु। न्यायिक छानिबन आयोग गठन गरौँ, नाफा भन्ने दोषी हो कि घाटा भन्ने दोषी हो त्यसलाई कारबाही होस्। दुईटै दोषी हुन सक्दैन। एउटा दोषी हुनैपर्छ, एउटालाई कारबाही हुनैपर्छ,' उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: