सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । प्रहरीले सो घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
राजेन्द्र साह सोनार, छोरा कमलेश, पप्पुकुमार यादव र राहुलकुमार महतोसँगै तस्लिम अन्सारी र राजेन्द्र साह सोनारबिच सुनचाँदीको गरगहना बनाउने विषयमा विवाद भएको बुुझिएको छ ।
प्रारम्भिक अनुसन्धानमा दुवै पक्षबाट हातपात तथा कुटपिट भएको पाइएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । राजेन्द्र पक्षका चार जनालाई अमानवीय व्यवहार र धर्म सम्बन्धी कसुरमा तथा तस्लिमविरुद्ध अभद्र व्यवहारमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए ।
तस्लिम र राजेन्द्र पक्षबीचको विवादपछि गाउँमा पञ्चायती बसेको थियो । सुँगुरको खोरमा थुनेको भिडियो जताततै फाइरल भएपछि प्रहरीले दुवै पक्षका पाँच जनालाई नियन्त्रणमा लिएर कानुनी कारवाही प्रक्रिया अघि बढाएको हो ।
घटना शनिबार भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८२ - २०:५८
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन् । ग...
आषाढ़ ७ गते, २०८२ - २०:५१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी का...
आषाढ़ ७ गते, २०८२ - २०:४७
काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ...
आषाढ़ ७ गते, २०८२ - २०:१६
जेरुसेलम । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि ...
आषाढ़ ७ गते, २०८२ - २०:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानग...
आषाढ़ ७ गते, २०८२ - २०:०१
ललितपुर । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताएका छन् । ब्रिटि...
आषाढ़ ७ गते, २०८२ - १९:४९
संयुक्त राष्ट्रसङ्घ । गाजामा जारी युद्धका कारण सहायता र पहुँचमा समस्या उत्पन्न भएका छन् । यसले बाल कुपोषणको दरमा वृद्दि गरेको छ भन्ने कुरा संयुक्त राष...
आषाढ़ ७ गते, २०८२ - १९:०५
बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेक...
आषाढ़ ७ गते, २०८२ - १८:५९
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दु...
आषाढ़ ७ गते, २०८२ - १८:४३
न्युयोर्क । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शु...
प्रतिकृया लेख्नुहोस्: