काठमाडाैं । बामपंथीहरुकाे समाजवादी माेर्चा डेढ महिनादेखि निष्क्रिय जस्तै बनेकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मोर्चा निष्क्रिय जस्तै बनेकाे हाे ।
गएकाे १५ चैतमा काठमाडौंमा जनप्रदर्शन गरेपछि चारदलीय मोर्चा निष्क्रिय बनेको हो । १५ चैतको प्रदर्शनपछि १८ गते मोर्चाले समीक्षात्मक बैठक गरेको थियो । त्यसयता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । उक्त बैठकपछि मोर्चाका संयोजक नेकपा महासचिव नेत्रविक्रम चन्दले केही दिनमै बैठक बसेर आगामी कार्यक्रम ल्याउने बताएका थिए । तर, डेढ महिना बित्दा पनि बैठक बस्न सकेको छैन् ।
नेताहरू पार्टीगत काममा व्यस्त भएका कारण मोर्चाको बैठक बस्न समय लागेको मोर्चाका सचिवालय सदस्यसचिव तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । ‘आगामी कार्ययोजना बनाइरहेका छौँ । अन्य घटकका नेता पार्टीगत कार्यक्रममा व्यस्त भएका कारण मोर्चाको बैठक सकेको छैन,’ उनले भने । नेकपाका नेताहरू पनि पार्टीगत काममै व्यस्त छन् । विश्वकर्माका अनुसार ७७ मध्ये ७३ जिल्लामा मोर्चाको जिल्लास्तरीय संयन्त्र गठन भइसकेको छ । केही पालिकामा पनि संयन्त्र विस्तार भएको उनले बताए ।
माओवादीले २ जेठबाट मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गरेकाे छ छ । माओवादी अभियानमा लागेपछि माेर्चाकाे गतिविध ठप्प हुँदै आएकाे छ । ४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चारदलीय मोर्चा घोषणा गरिएको थियो ।
सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक थिए । आलोपालो नेतृत्वको मोडालिटीअनुसार नेपालपछि नेत्रविक्रम चन्द विप्लव हाल संयोजक छन् । मोर्चा गठनताकाका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् भने नेसपा अध्यक्ष महिन्द्र राय यादव मोर्चामा भित्रिएका छन् । समाजवादी मोर्चाको विगतको निर्णय कार्यान्वयनमा समेत समस्या देखिएको छ । नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीसँग केन्द्रीयस्तरको अन्तरक्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...
पौष १ गते, २०८२ - १७:४२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...
पौष १ गते, २०८२ - १७:४०
महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...
पौष १ गते, २०८२ - १७:३७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...
पौष १ गते, २०८२ - १७:३४
काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...




प्रतिकृया लेख्नुहोस्: