विराटनगर । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो । वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महिनामा ७४ करोड रुपियाँ आन्तरिक आम्दानी गर्नुपर्ने हुन्छ । वैशाख मसान्तसम्म लक्ष्यको ८५ प्रतिशत राजस्व आम्दानी गरिसकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष राजस्व आम्दानीमा प्रदेशले सुधार गरेको र आर्थिक वर्षको अन्तिमसम्म पुग्दा लक्ष्य नभेट्टाए पनि ९० प्रतिशतभन्दा माथि पुग्ने विश्वास व्यक्त गरे । सवारी साधन करबाट उल्लेख्य आम्दानी भएपछि कोशी प्रदेश सरकारले चालु वर्षमा राजस्व सङ्कलन गर्न लिएको लक्ष्य पूरा हुनसक्ने सम्भावना देखिएको हो । सवारी साधन कर सङ्कलन गर्ने अधिकार संघीय सरकारबाट गत साउनमा प्रदेशलाई दिइएपछि राजस्व आम्दानीमा सुधार देखिएको हो ।
सवारीसम्बन्धी अन्य आम्दानी र चालक अनुमति पत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट सरकारले ५५ करोड ७५ लाख ९० हजार २१ रुपियाँ आम्दानी गरेको छ । यो कुल आन्तरिक राजस्व आयको ६०.७ प्रतिशत हो । वैशाख महिनामा मात्र कोशी प्रदेश सरकारले १५ करोड ९१ लाख ७७ हजार ७७८ रुपियाँ आम्दानी गरेको जनाएको छ ।
प्रदेश सरकारले प्राकृतिक स्रोततर्फ खानी तथा ढुङ्गागिटीबाट भने उल्लेख्य राजस्व सङ्कलन गर्न सकेको छैन । वन क्षेत्रको रोयल्टीबाट १९ करोड ७२ लाख ३४ हजार ९७९ रुपियाँ राजस्व आम्दानी गरेको सरकारले घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट ८८ करोड ४८ लाख ८७ हजार २२० रुपियाँ आम्दानी गरेको जानकारी दिइएको छ ।
कोशी प्रदेश सरकारले वैशाख मसान्तसम्म २५ अर्ब ५५ करोड ६८ लाख चार हजार ८७५ रुपियाँ आय गरेको छ । यसमध्ये समानीकरण अनुदानबाट ६ अर्ब ३५ करोड ६८ लाख २६ हजार ५६० रुपियाँ, सशर्त पुँजीगत अनुदानबाट एक अर्ब ६८ करोड ४२ लाख १६ हजार ४८९ रुपियाँ प्राप्त गरेको छ ।
वैशाख मसान्तसम्म कोशी प्रदेश सरकारले चालुतर्फ नौ अर्ब ९० करोड ३१ लाख ६३ हजार ३३५ रुपियाँ र पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख ७६ हजार २३८ रुपियाँ गरी १६ अबए ७२ करोड १८ लाख ३९ हजार ५७३ हजार रुपियाँ आम्दानी गरेको छ । यस अवधिको कोशी सरकारले ४७ प्रतिशत बजेट खर्च गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: