Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

काेशीमा सवारी कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो । वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महिनामा ७४ करोड रुपियाँ आन्तरिक आम्दानी गर्नुपर्ने हुन्छ । वैशाख मसान्तसम्म लक्ष्यको ८५ प्रतिशत राजस्व आम्दानी गरिसकेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष राजस्व आम्दानीमा प्रदेशले सुधार गरेको र आर्थिक वर्षको अन्तिमसम्म पुग्दा लक्ष्य नभेट्टाए पनि ९० प्रतिशतभन्दा माथि पुग्ने विश्वास व्यक्त गरे । सवारी साधन करबाट उल्लेख्य आम्दानी भएपछि कोशी प्रदेश सरकारले चालु वर्षमा राजस्व सङ्कलन गर्न लिएको लक्ष्य पूरा हुनसक्ने सम्भावना देखिएको हो । सवारी साधन कर सङ्कलन गर्ने अधिकार संघीय सरकारबाट गत साउनमा प्रदेशलाई दिइएपछि राजस्व आम्दानीमा सुधार देखिएको हो ।

सवारीसम्बन्धी अन्य आम्दानी र चालक अनुमति पत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट सरकारले ५५ करोड ७५ लाख ९० हजार २१ रुपियाँ आम्दानी गरेको छ । यो कुल आन्तरिक राजस्व आयको ६०.७ प्रतिशत हो । वैशाख महिनामा मात्र कोशी प्रदेश सरकारले १५ करोड ९१ लाख ७७ हजार ७७८ रुपियाँ आम्दानी गरेको जनाएको छ ।

प्रदेश सरकारले प्राकृतिक स्रोततर्फ खानी तथा ढुङ्गागिटीबाट भने उल्लेख्य राजस्व सङ्कलन गर्न सकेको छैन । वन क्षेत्रको रोयल्टीबाट १९ करोड ७२ लाख ३४ हजार ९७९ रुपियाँ राजस्व आम्दानी गरेको सरकारले घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट ८८ करोड ४८ लाख ८७ हजार २२० रुपियाँ आम्दानी गरेको जानकारी दिइएको छ ।

कोशी प्रदेश सरकारले वैशाख मसान्तसम्म २५ अर्ब ५५ करोड ६८ लाख चार हजार ८७५ रुपियाँ आय गरेको छ । यसमध्ये समानीकरण अनुदानबाट ६ अर्ब ३५ करोड ६८ लाख २६ हजार ५६० रुपियाँ, सशर्त पुँजीगत अनुदानबाट एक अर्ब ६८ करोड ४२ लाख १६ हजार ४८९ रुपियाँ प्राप्त गरेको छ ।

वैशाख मसान्तसम्म कोशी प्रदेश सरकारले चालुतर्फ नौ अर्ब ९० करोड ३१ लाख ६३ हजार ३३५ रुपियाँ र पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख ७६ हजार २३८ रुपियाँ गरी १६ अबए ७२ करोड १८ लाख ३९ हजार ५७३ हजार रुपियाँ आम्दानी गरेको छ । यस अवधिको कोशी सरकारले ४७ प्रतिशत बजेट खर्च गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE