काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्वयनलाई तीव्र बनाउन निर्देशन दिएको छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित सुधार योजनाबारे मन्त्रालयमा आयोजित छलफलमा उनले उद्योग तथा व्यापार क्षेत्रसँग जोडिएका कानुनी र नीतिगत सुधारलाई स्पष्ट कार्यतालिका बनाएर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमा घोषणा गरिएका अधिकांश सुधारका कार्यक्रम उद्योग मन्त्रालयसँग सम्बन्धित रहेकाले दुवै मन्त्रालयबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।
ूबजेटमा उल्लेख गरिएका नीतिगत तथा कानुनी सुधारका काम उद्योग मन्त्रालयले प्राथमिकताका साथ अघि बढाओस्,ू उनले भने, ूआवश्यक विज्ञ, स्रोतसाधन वा अर्थ मन्त्रालयबाट उपलब्ध गराउनुपर्ने कुनै पनि सहयोगका लागि हामी पूर्ण रूपमा तयार छौँ।ू
उनले लगानीमैत्री वातावरण निर्माण, व्यापार सहजीकरण तथा विदेशी लगानी आकर्षित गर्न आवश्यक कानुनी सुधार केही साताभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्नुपर्नेमा जोड दिए।
छलफलमा उद्योगमन्त्री गौरीकुमारीले बजेटमा समेटिएका सुधार कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिए। मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने सुधारका विषयमा अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र समन्वयलाई निरन्तरता दिइने उनको भनाइ थियो।
उनका अनुसार उद्योग मन्त्रालयअन्तर्गत बजेटमा समावेश आठ वटा सुधार कार्यक्रममध्ये केही कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छन् भने बाँकी कार्यक्रम अघि बढाउने प्रक्रिया जारी छ।
चालु आर्थिक वर्षको बजेटमा कम्पनी ऐन र दामासाहीसम्बन्धी ऐन संशोधन गर्नुका साथै उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन तर्जुमा गर्ने लगायत आठ वटा नीतिगत तथा कानुनी सुधारका कार्यक्रम समावेश छन्।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अब नियमित रूपमा सम्बन्धित मन्त्रालयहरूसँग प्रगति समीक्षा बैठक गरी कार्यक्रमको कार्यान्वयन अवस्थाको अनुगमन गर्ने कार्यतालिका समेत तयार गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: