बैतडी । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गरेको हो ।
बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुक्रबार शुभारम्भ गर्नुभएको अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव रामचन्द्र भट्टले बताए ।
अभियानको शुभारम्भपश्चात अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेको थिए । यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, गंगा दाहाललगायत नेताहरू यहाँ आएको हो ।
कार्यक्रमलाई बोल्दै पार्टी अध्यक्ष प्रचण्डले गरीब र निमुखाको पार्टी माओवादी मात्रै भएकाले आफूहरुलाई सबैले साथ दिनु पर्नेमा जोड दिए।
तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उहाँले बताए। उनले भने, “यो सरकार जनताको विरुद्ध काम गरिरहेको छ । जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दिने काम गरिरहेको छ । यो अभियानले सरकारलाई खबरदारी पनि गर्नेछ ।”
माओवादी पार्टी जनताको पार्टी रहेको बताउँदै उनले उत्पीडित वर्गको हकअधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उनले तर्क गरे ।किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, “किसानको जीवनस्तर परिवर्तन गर्नका लागि उत्पादन र उत्पादकत्व बृद्धि गरि कृषिमा क्रान्ति गर्न जरुरी छ ।”
सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उनले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताए । उनले भनेयो,“देश बलियो हुनका लागि सुदूरपश्चिमको विकास जरुरी छ । हामी सरकारमा हुँदा सुदूरपश्चिममा ठुला योजना र कार्यक्रम सञ्चालन गरेका छौं ।”
२०८४ को आमनिर्वार्चनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान गरे ।
कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उनले सरकारलाई आग्रह गरे । उनले भने, “देशका अन्य प्रदेशमा कर्मचारी ऐन जारी भइसकेपनि सुदूरपश्चिममा अझै आउन सकेको छैन । सुदूरपश्चिमका कर्मचारी ऐनको माग गर्दै आन्दोलित छन् । उनीहरुको माग सम्बोधन गर्न प्रदेश सरकार र केन्द्र सरकारलाई अपिल गर्दछु ।”
यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने पार्टीका बैतडी जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १४:०९
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...
मंसिर ३० गते, २०८२ - १३:४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...
मंसिर ३० गते, २०८२ - १३:२४
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...
मंसिर ३० गते, २०८२ - १३:१४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...
मंसिर ३० गते, २०८२ - १३:०३
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...




प्रतिकृया लेख्नुहोस्: