Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रुकुमपश्चिममा कारागारलाई सौर्य उर्जा सेट सहयोग

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुम पश्चिमस्थित कारागार कार्यालयलाई सौर्य उर्जा सेट प्रदान गरिएको छ । मुसिकोट नगरपालिका –५ स्थित न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलले कार्यालयलाई सोलार सेट उपलब्ध गराएको हो ।

कारागार प्रशासक ताराबहादुर कुँवरका अनुसार १५० वाटको सौर्य उर्जा सेट प्राप्त भएको हो । उनका अनुसार सौर्य उर्जाले कारागारको बन्दी आवास गृहको विद्युत आपूर्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।

न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल खड्क कुवँरले विद्यालयको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत कारागारमा सोलार सेट प्रदान गरिएको बताए । उनले कारागारका कैदीबन्दीहरुको आवास गृहमा विद्युत आपूर्तिमा समस्या आइरहेको जानकारी पश्चात उक्त समस्या समाधान गर्न सौर्य उर्जा सेटको व्यवस्थापन गरिएको जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले विद्यालयले गरेको महत्वपूर्ण सहयोगको प्रशंसा गरे । उनले विद्युतको अनियमित्ताले समस्या निम्त्याइरहेको बेला सौर्य उर्जाको व्यवस्थापन भएको र यसले कैदिबन्दीको आवास गृह उज्यालो बनाउन मद्दत गर्ने बताए । 

यसैबिच कारागार कार्यालयले विद्यालयलाई कदरपत्र प्रदान गरेको छ । विद्यालयबाट महत्वपूर्ण सहयोग भएको भन्दै कार्यालयले कदरपत्रले सम्मान गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending