सर्लाही । सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा बिहीबार किसानले ल्याएर बेचेको बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रका किसानले उत्पादन गरेर लालबन्दीको डुमडुमेस्थित थोक तरकारी बजारमा ल्याएर व्यापारीलाई बिक्री गरिसकेको मिटर बोडीमा अत्यधिक विषादी प्रयोग भई उपभोग अयोग्य रहेको पाइएपछि नष्ट गरिएको हो । लालबन्दी तरकारी बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायब प्राविधिक सहायक दिलबहादुर राउतका अनुसार नष्ट गरिएका बोडीमा ६०.३०४ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको अवशेष पाइएको छ ।
तरकारीमा विषादीको मात्रा ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने प्राविधिकले बताएका छन् । तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः ३५ प्रतिशतभन्दा कम आएमा उपभोगयोग्य हुने तर ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने प्रावधान छ ।
सोही प्रावधानअनुसार लालबन्दीमा बिहीबार नमूनाको रुपमा मिटर बोडीको परीक्षण गर्दा एक जना व्यापारीले किसानबाट खरिद गरेको बोडीमा ६० प्रतिशत विषादीको अवशेष भेटिएको हो । ६० प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएको ६७ केजी बोडी बजारनजिक डुमडुमे खोलामा पुुगेर नष्ट गरिएको नायब प्राविधिक सहायक राउतले बताए ।
दुुई दिनअघि काठमाडौंको कालिमाटीमा लालबन्दीबाट लगिएको बोडीमा यसैगरी अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको थियो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायब प्राविधिक सहायक राउतले लालबन्दी तरकारी बजारमा दैनिक १०–१५ जना किसानबाट नमूना लिएर तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १८:११
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...
पौष ३ गते, २०८२ - १७:५१
नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...
पौष ३ गते, २०८२ - १७:४८
ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...
पौष ३ गते, २०८२ - १७:४७
नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...
पौष ३ गते, २०८२ - १७:४५
नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...
पौष ३ गते, २०८२ - १७:४२
काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...
पौष ३ गते, २०८२ - १७:४०
काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...
पौष ३ गते, २०८२ - १७:३८
जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...




प्रतिकृया लेख्नुहोस्: