धनगढी। नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने विषयमा पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधरबिच विवाद देखिएको हो ।
मन्त्री बनाउनका लागि अध्यक्ष श्रेष्ठले बुधबार कैलाश चौधरीको नाम सिफारिससहित निर्देशनात्मक पत्र पठाउनु भएको थियो । तर संसदीय दलले त्यसलाई कार्यान्वयन गरेन ।
अध्यक्षको पत्र पश्चात दिनभरि बसेको संसदीय दलको बैठकले अबेररातिमात्रै बहुमतको आधारमा दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । दलका प्रमुख सचेतक इन्दिरा गिरीले बहुमतका आधारमा निर्णय गरेर चौधरीलाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरेको जानकारी दिए।
सो बैठकमा गिरीसहित घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा गरी चार जनाको उपस्थिति रहेको थियो । सातमध्ये दुई जना प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडौँ रहेकाले बैठकमा उपस्थित नभएको जनाइएको छ । अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी भने बैठकमा सहभागी नभएको जनाइएको छ ।
संसदीय दलको बैठकबारे आफूलाई जानकारी नै नभएकाले बैठकमा उपस्थित नभएको चौधरीले बताए। उनले भने, “मलाई बैठकबारे जानकारी नै भएन । पार्टी अध्यक्षले मेरो नाम सिफारिससहितको पत्र पठाएपछि चित्त नबुझ्दा मलाई छलफलको लागि बोलाउनु पर्दथ्यो । तर बोलाइन । अध्यक्षले मेरो नाम सिफारिस गर्नुलाई एकदम सकारात्मक रुपमा लिएको छु”, उनले भने।
आफ्नो पक्षको बहुमत देखाएर संसदीय दलको नेताले एकलौटी काम गर्न खोजिरहेको चौधरीको आरोप छ । “दलको नेता उहाँ नै, समितिको सभापति पनि उहाँ नै, मन्त्री पनि उहाँ नै बन्न खोज्ने, यो त संसदीय दलको नेतामा हुनु पर्ने गुण होइन”, उनले भने ।
तर पार्टी अध्यक्षले सिफारिस गरेको पत्रको आधारमा मन्त्रीको नाम सिफारिस गर्नुभन्दा पनि संसदीय दलले आफ्नो अधिकार प्रयोग गर्नु उचित रहेको प्रमुख सचेतक गिरीको भनाइ छ । “पार्टी अध्यक्षले पठाएको नामभन्दा पनि संसदीयले बहुमतको आधारमा नाम पठाउनुलाई हामी मिलेर गएको बुझ्नुस”, उनले भने, “यो विवाद होइन । हामी मिलेर गएको हो ।”
संसदीय दलले नाम सिफारिस गरे पनि घनश्याम चौधरी आफू मन्त्री बन्न इन्कार गरेको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: