धनगढी। नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने विषयमा पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधरबिच विवाद देखिएको हो ।
मन्त्री बनाउनका लागि अध्यक्ष श्रेष्ठले बुधबार कैलाश चौधरीको नाम सिफारिससहित निर्देशनात्मक पत्र पठाउनु भएको थियो । तर संसदीय दलले त्यसलाई कार्यान्वयन गरेन ।
अध्यक्षको पत्र पश्चात दिनभरि बसेको संसदीय दलको बैठकले अबेररातिमात्रै बहुमतको आधारमा दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । दलका प्रमुख सचेतक इन्दिरा गिरीले बहुमतका आधारमा निर्णय गरेर चौधरीलाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरेको जानकारी दिए।
सो बैठकमा गिरीसहित घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा गरी चार जनाको उपस्थिति रहेको थियो । सातमध्ये दुई जना प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडौँ रहेकाले बैठकमा उपस्थित नभएको जनाइएको छ । अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी भने बैठकमा सहभागी नभएको जनाइएको छ ।
संसदीय दलको बैठकबारे आफूलाई जानकारी नै नभएकाले बैठकमा उपस्थित नभएको चौधरीले बताए। उनले भने, “मलाई बैठकबारे जानकारी नै भएन । पार्टी अध्यक्षले मेरो नाम सिफारिससहितको पत्र पठाएपछि चित्त नबुझ्दा मलाई छलफलको लागि बोलाउनु पर्दथ्यो । तर बोलाइन । अध्यक्षले मेरो नाम सिफारिस गर्नुलाई एकदम सकारात्मक रुपमा लिएको छु”, उनले भने।
आफ्नो पक्षको बहुमत देखाएर संसदीय दलको नेताले एकलौटी काम गर्न खोजिरहेको चौधरीको आरोप छ । “दलको नेता उहाँ नै, समितिको सभापति पनि उहाँ नै, मन्त्री पनि उहाँ नै बन्न खोज्ने, यो त संसदीय दलको नेतामा हुनु पर्ने गुण होइन”, उनले भने ।
तर पार्टी अध्यक्षले सिफारिस गरेको पत्रको आधारमा मन्त्रीको नाम सिफारिस गर्नुभन्दा पनि संसदीय दलले आफ्नो अधिकार प्रयोग गर्नु उचित रहेको प्रमुख सचेतक गिरीको भनाइ छ । “पार्टी अध्यक्षले पठाएको नामभन्दा पनि संसदीयले बहुमतको आधारमा नाम पठाउनुलाई हामी मिलेर गएको बुझ्नुस”, उनले भने, “यो विवाद होइन । हामी मिलेर गएको हो ।”
संसदीय दलले नाम सिफारिस गरे पनि घनश्याम चौधरी आफू मन्त्री बन्न इन्कार गरेको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: