काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । उनले भनिन्,‘सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरण अर्थात् प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्दछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायको कुरामा प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच तथा गुणस्तरमा सुधार हुने क्षेत्रमा काम गरिनुपर्छ ।’
सार्वजनिक खर्चलाई औचित्यपूर्ण बनाउनुपर्ने भन्दै उनले स्रोतको अभावलाई पुष्टि गर्न सक्ने आधार ल्याइएको बताइन । कृषि, पर्यटन र सूचना प्रविधि तथा आइटी क्षेत्रको कुरालाई दिगोरूपमा अगाडि बढाउनुपर्ने भन्दै उनले निजी क्षेत्रको लगानीका लागि सहज वातावरण निर्माण गर्दै लैजानुपर्ने बताइन । निजी क्षेत्रको लगानीलाई सहज वातावरण प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गरिन ।
रोजगारीको अवसर सिर्जना गर्ने कुरामा विशेष जोड दिनुपर्ने भन्दै उनले व्यापार घाटा न्यूनीकरण गर्दै जानुपर्ने बताइन । पछिल्लो समय गत वर्षभन्दा केही सुधार त भएको छ । त्यो सँगसँगै सार्वजनिक वित्त सन्तुलन गर्नका लागि विनियोजनको कुशलताको अभिवृद्धि गर्न आवश्यक रहेको पनि उनले बताइन ।
त्यसैगरी सांसद चौधरीले सीमान्तकृत वर्ग, पछाडि परेको क्षेत्र र समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन । राज्यबाट प्रदान गर्ने अनुदान सुविधा दोहोरोपनलाई हटाउने कुरा सकारात्मक भएको भन्दै उनले क्षेत्रगतरूपमा प्राथमिकताका आधारहरु छुट्टाउनु पर्दा राज्यको नजरबाट छुट्दै आएका क्षेत्रलाई छुटाउन नहुने बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: