काठमाडौं । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले बताए ।
यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्याएकी थिइन् । त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरीले बताएको छ । ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले बताए ।
यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - २०:३२
काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र...
माघ २४ गते, २०८२ - २०:३०
ललितपुर । उच्च अदालत पाटनले प्रकाशक लिपि बुक्स प्रालिलाई बीपी कोइरालाका चार पुस्तकहरू तत्काल बिक्री गर्न नपाउने अल्पकालीन आदेश दिएको छ। न्यायाधीश ख...
माघ २४ गते, २०८२ - २०:२०
भक्तपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिने मुख्य उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपान...
माघ २४ गते, २०८२ - २०:०९
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुने स्वास्थ्य कार्यक्रमका लागि सरकारले समयमै भुक्तानी नगर...
माघ २४ गते, २०८२ - २०:०३
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको झगडापछि कुटपिट हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ...
माघ २४ गते, २०८२ - २०:०१
मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट क्षेत्रमा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा...
माघ २४ गते, २०८२ - १९:५७
हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्र बनाएको छ। हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ...
माघ २४ गते, २०८२ - १९:४६
बझाङ । बिहीबार राति बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको घटनापछि बझाङमा सडक अवरुद्ध गरिएको ...
माघ २४ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा ‘नयाँ’ को नाममा फैलाइएको हल्लाको खण्डन...
माघ २४ गते, २०८२ - १९:३८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले हालसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: