Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

प्रहरीको संलग्नतामा समलिंगी महिलाको अपहरण : गम्भीर मानवअधिकार उल्लंघनप्रति आपत्ति

खबरडबली संवाददाता

सिन्धुली  । समलिंगी सम्बन्धलाई स्वीकार नगर्ने परिवारका कारण विवाह गर्न गएका दुई युवती बिचल्लीमा परेका छन्। एक युवतीलाई प्रहरीले बचाए पनि अर्की युवतीलाई भने जबरजस्ती परिवारको जिम्मा लगाइएको छ, जसमा प्रहरीकै संलग्नता देखिएको छ।

२२ वर्षीया रमिता तामाङ (परिवर्तित नाम) र उनकी समकक्षी शिलु रम्तेल (परिवर्तित नाम) दुई वर्षदेखि समलिंगी सम्बन्धमा थिए। उनीहरू विवाह गर्न सिन्धुलीको सुनकोशी गाउँपालिकामा निवेदन लिएर पुगेका थिए। तर रमिताको परिवारले जबरजस्ती उनलाई छुट्याउन ‘हराएको’ भनी प्रहरीमा उजुरी दिएको थियो।

शुक्रवार बिहान सातदोबाटो प्रहरी वृत्तमा दुवै परिवार पुगेपछि तनावग्रस्त स्थिति बन्यो। रमिताकी भाउजू प्रहरी कार्यालयमै शिलुसँग झम्टिइन्। प्रहरीले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गर्दा रमिता शिलुसँगै विवाह गर्न चाहेको खुलेको थियो। तर, परिवारले मानेन।

प्रहरीले सुरक्षाको कारण देखाएर दुवै युवतीलाई जाउलाखेल महिला सेलमा पठायो। तर, त्यहाँ पनि रमिताकी भाउजू आक्रामक रूपमा प्रस्तुत भइन्। उनले रमितालाई अपहरण शैलीमा तानेर लैजाने प्रयास गरिन्। प्रहरीले ‘कानुनी कारबाही हुन्छ’ भनेपछि उनी केही समय शान्त भइन्।

तर, अन्ततः जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले रमितालाई दाइभाउजूकै जिम्मा लगाउने निर्णय गरे। रमिता असुरक्षित हुने बताउँदै रोएकी थिइन्, तर उनको आवाजलाई बेवास्ता गर्दै उनलाई जबरजस्ती परिवारसँग पठाइयो।

शिलुले प्रहरीकै अगाडि अपहरणजस्तो शैलीमा रमिता लगिएको भन्दै आपत्ति जनाइन्। “जसबाट म असुरक्षित छु, त्यसैको जिम्मा दिन मिल्छ?” भन्ने उनको प्रश्नमा महिला सेलका अधिकारी मौन भए।

यस घटनाप्रति प्रतिक्रिया दिँदै संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले गम्भीर मानवअधिकार उल्लङ्घन भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। “प्रहरीकै संलग्नतामा समलिंगी महिलाको अपहरण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो केवल प्रशासनिक लापरबाही होइन, समलिंगी समुदायप्रति राज्यको गैरजिम्मेवार रवैया पनि हो।”

नेपालको सर्वोच्च अदालतले २०८० असार १२ गतेको आदेशबाट समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाहको अधिकार दिएको छ। हालसम्म १५ भन्दा बढी समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्।

मायाको पहिचान नेपालले रमिता र शिलुको सुरक्षाको ग्यारेन्टी गर्न, दोषी प्रहरी अधिकारीमाथि छानबिन गर्न र भविष्यमा यस्ता घटनाबाट जोगिन सरकारसँग आग्रह गरेको छ।

के हाे घटना ?

२०८२ बैशाख २६ गते, जिल्ला प्रहरी कार्यालय ललितपुरको प्राङ्गणबाट समलिंगी जोडीमध्ये एक सदस्य, परिवर्तित नाम ‘रमिला लामा’, लाई उनका दाजु र भाउजुले अपहरण गरी जबरजस्ती लगेका छन्।

उमेर पुगेकी रमिला र उनकी पार्टनर आपसी सहमतिमा विवाह गर्न चाहन्थे। विवाह दर्ताका लागि सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका गएका बेला रमिलाको भाउजुले ‘रमिला हराइन्’ भन्ने झुटो उजुरी प्रहरीमा दर्ता गराइन्। सोही उजुरीका आधारमा ललितपुर प्रहरी परिसरले दुवैलाई कार्यालयमा बोलाएको हो, यद्यपि उनीहरू भागेका थिएनन् र परिवारसँग निरन्तर सम्पर्कमै थिए।

प्रहरी कार्यालयमा उपस्थित भएपछि रमिलाले आफू अघिल्लो समयदेखि नै परिवारबाट गालीगलौज र कुटपिटको सिकार भएको, र अहिले पनि असुरक्षित महसुस गरिरहेकी स्पष्ट रूपमा बताइन्। तर ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा, “तैले के नाटक लिएर आको?”, “त साला हरूको के नाटक हो?”, “केटा र केटी त हात समाएर हिँड्दैनन्” जस्ता शब्द प्रयोग गर्दै रमिलालाई पुनः उनका भाउजुको जिम्मा लगाइदिए।

मानवअधिकारको उल्लंघन

असुरक्षित हुने कुराको जानकारी हुँदाहुँदै पनि प्रहरीकै अगाडि समलिंगी महिलालाई जबरजस्ती परिवारको नियन्त्रणमा फर्काइने कार्य गम्भीर प्रशासनिक त्रुटी मात्र नभई मानवअधिकारको स्पष्ट उल्लंघन हो।

नेपालको सर्वोच्च अदालतले २०८० साल असार १२ गते दिएको आदेशअनुसार समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाह गर्न सक्ने कानुनी अधिकार प्रदान गरिएको छ। हालसम्म १५–१६ समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्। रमिला र उनकी पार्टनरले पनि यही अधिकार प्रयोग गर्दै विवाह गर्न खोजेका थिए।
तर, राज्यका अंगबाटै उक्त अधिकार हनन हुनु, अपहरणमा सघाउन प्रहरीको संलग्नता देखिनु अत्यन्त निन्दनीय र अस्वीकार्य छ।
घटनाप्रति मायाको पहिचान नेपालकाे आपत्ति 

१. रमिला र उनकी पार्टनरको तत्काल सुरक्षा सुनिश्चित गरियोस्।
२. उनीहरूले आपसी स्वीकृतिमा सँगै बस्न चाहेका खण्डमा त्यसमा कुनै हस्तक्षेप नगरियोस्।
३. घटनामा संलग्न प्रहरी अधिकारीमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक अनुशासनात्मक कारबाही गरियोस्।

मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्नु राज्यको मौलिक कर्तव्य हो। प्रहरीबाटै हुने यसप्रकारको गैरजिम्मेवार, पूर्वाग्रही र विभेदपूर्ण व्यवहारले समलिंगी समुदायमाथि थप अन्याय र भयको वातावरण सिर्जना गर्दछ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन : ७२ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र...

बीपी कोइरालाका चार पुस्तक तत्काल नबेच्न प्रकाशक लिपि बुक्सलाई अल्पकालीन आदेश

ललितपुर । उच्च अदालत पाटनले प्रकाशक लिपि बुक्स प्रालिलाई बीपी कोइरालाका चार पुस्तकहरू तत्काल बिक्री गर्न नपाउने अल्पकालीन आदेश दिएको छ। न्यायाधीश ख...

भक्तपुर–२ : उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई समान एजेन्डा बनाउँदै

भक्तपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिने मुख्य उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपान...

ललितपुर महानगर बीमा भुक्तानीका लागि तयार, सरकारले नतिरे महानगरले तिर्छ: मेयर चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुने स्वास्थ्य कार्यक्रमका लागि सरकारले समयमै भुक्तानी नगर...

वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, ६५ वर्षीय पुरुषको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको झगडापछि कुटपिट हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ...

बकैया–७ मा उर्लियो चुनावी जनलहर, यसपालि हाम्रो र राम्राे मान्छेलाई जिताउने स्थानीयको उद्घोष

मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट क्षेत्रमा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा...

टौडाबाट उठ्यो परिवर्तनको आवाज, अब सम्झौतावादी राजनीति चल्दैन : गौतम

हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्र बनाएको छ। हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ...

जन्ती बस दुर्घटनापछि बझाङमा सडक अवरुद्ध, सवारी धनी र समितिप्रति आक्रोश

बझाङ । बिहीबार राति बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको घटनापछि बझाङमा सडक अवरुद्ध गरिएको ...

नेपाली कम्युनिस्ट पार्टीभन्दा नयाँ अर्को पार्टी छैनः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा ‘नयाँ’ को नाममा फैलाइएको हल्लाको खण्डन...

नयाँको बहसमा प्रचण्डको प्रहार : ‘संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा अगाडि के छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले हालसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE