Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रहरीको संलग्नतामा समलिंगी महिलाको अपहरण : गम्भीर मानवअधिकार उल्लंघनप्रति आपत्ति

खबरडबली संवाददाता

सिन्धुली  । समलिंगी सम्बन्धलाई स्वीकार नगर्ने परिवारका कारण विवाह गर्न गएका दुई युवती बिचल्लीमा परेका छन्। एक युवतीलाई प्रहरीले बचाए पनि अर्की युवतीलाई भने जबरजस्ती परिवारको जिम्मा लगाइएको छ, जसमा प्रहरीकै संलग्नता देखिएको छ।

२२ वर्षीया रमिता तामाङ (परिवर्तित नाम) र उनकी समकक्षी शिलु रम्तेल (परिवर्तित नाम) दुई वर्षदेखि समलिंगी सम्बन्धमा थिए। उनीहरू विवाह गर्न सिन्धुलीको सुनकोशी गाउँपालिकामा निवेदन लिएर पुगेका थिए। तर रमिताको परिवारले जबरजस्ती उनलाई छुट्याउन ‘हराएको’ भनी प्रहरीमा उजुरी दिएको थियो।

शुक्रवार बिहान सातदोबाटो प्रहरी वृत्तमा दुवै परिवार पुगेपछि तनावग्रस्त स्थिति बन्यो। रमिताकी भाउजू प्रहरी कार्यालयमै शिलुसँग झम्टिइन्। प्रहरीले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गर्दा रमिता शिलुसँगै विवाह गर्न चाहेको खुलेको थियो। तर, परिवारले मानेन।

प्रहरीले सुरक्षाको कारण देखाएर दुवै युवतीलाई जाउलाखेल महिला सेलमा पठायो। तर, त्यहाँ पनि रमिताकी भाउजू आक्रामक रूपमा प्रस्तुत भइन्। उनले रमितालाई अपहरण शैलीमा तानेर लैजाने प्रयास गरिन्। प्रहरीले ‘कानुनी कारबाही हुन्छ’ भनेपछि उनी केही समय शान्त भइन्।

तर, अन्ततः जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले रमितालाई दाइभाउजूकै जिम्मा लगाउने निर्णय गरे। रमिता असुरक्षित हुने बताउँदै रोएकी थिइन्, तर उनको आवाजलाई बेवास्ता गर्दै उनलाई जबरजस्ती परिवारसँग पठाइयो।

शिलुले प्रहरीकै अगाडि अपहरणजस्तो शैलीमा रमिता लगिएको भन्दै आपत्ति जनाइन्। “जसबाट म असुरक्षित छु, त्यसैको जिम्मा दिन मिल्छ?” भन्ने उनको प्रश्नमा महिला सेलका अधिकारी मौन भए।

यस घटनाप्रति प्रतिक्रिया दिँदै संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले गम्भीर मानवअधिकार उल्लङ्घन भएको भन्दै विज्ञप्ति जारी गरेका छन्। “प्रहरीकै संलग्नतामा समलिंगी महिलाको अपहरण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो केवल प्रशासनिक लापरबाही होइन, समलिंगी समुदायप्रति राज्यको गैरजिम्मेवार रवैया पनि हो।”

नेपालको सर्वोच्च अदालतले २०८० असार १२ गतेको आदेशबाट समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाहको अधिकार दिएको छ। हालसम्म १५ भन्दा बढी समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्।

मायाको पहिचान नेपालले रमिता र शिलुको सुरक्षाको ग्यारेन्टी गर्न, दोषी प्रहरी अधिकारीमाथि छानबिन गर्न र भविष्यमा यस्ता घटनाबाट जोगिन सरकारसँग आग्रह गरेको छ।

के हाे घटना ?

२०८२ बैशाख २६ गते, जिल्ला प्रहरी कार्यालय ललितपुरको प्राङ्गणबाट समलिंगी जोडीमध्ये एक सदस्य, परिवर्तित नाम ‘रमिला लामा’, लाई उनका दाजु र भाउजुले अपहरण गरी जबरजस्ती लगेका छन्।

उमेर पुगेकी रमिला र उनकी पार्टनर आपसी सहमतिमा विवाह गर्न चाहन्थे। विवाह दर्ताका लागि सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका गएका बेला रमिलाको भाउजुले ‘रमिला हराइन्’ भन्ने झुटो उजुरी प्रहरीमा दर्ता गराइन्। सोही उजुरीका आधारमा ललितपुर प्रहरी परिसरले दुवैलाई कार्यालयमा बोलाएको हो, यद्यपि उनीहरू भागेका थिएनन् र परिवारसँग निरन्तर सम्पर्कमै थिए।

प्रहरी कार्यालयमा उपस्थित भएपछि रमिलाले आफू अघिल्लो समयदेखि नै परिवारबाट गालीगलौज र कुटपिटको सिकार भएको, र अहिले पनि असुरक्षित महसुस गरिरहेकी स्पष्ट रूपमा बताइन्। तर ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा, “तैले के नाटक लिएर आको?”, “त साला हरूको के नाटक हो?”, “केटा र केटी त हात समाएर हिँड्दैनन्” जस्ता शब्द प्रयोग गर्दै रमिलालाई पुनः उनका भाउजुको जिम्मा लगाइदिए।

मानवअधिकारको उल्लंघन

असुरक्षित हुने कुराको जानकारी हुँदाहुँदै पनि प्रहरीकै अगाडि समलिंगी महिलालाई जबरजस्ती परिवारको नियन्त्रणमा फर्काइने कार्य गम्भीर प्रशासनिक त्रुटी मात्र नभई मानवअधिकारको स्पष्ट उल्लंघन हो।

नेपालको सर्वोच्च अदालतले २०८० साल असार १२ गते दिएको आदेशअनुसार समलिंगी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाह गर्न सक्ने कानुनी अधिकार प्रदान गरिएको छ। हालसम्म १५–१६ समलिंगी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्। रमिला र उनकी पार्टनरले पनि यही अधिकार प्रयोग गर्दै विवाह गर्न खोजेका थिए।
तर, राज्यका अंगबाटै उक्त अधिकार हनन हुनु, अपहरणमा सघाउन प्रहरीको संलग्नता देखिनु अत्यन्त निन्दनीय र अस्वीकार्य छ।
घटनाप्रति मायाको पहिचान नेपालकाे आपत्ति 

१. रमिला र उनकी पार्टनरको तत्काल सुरक्षा सुनिश्चित गरियोस्।
२. उनीहरूले आपसी स्वीकृतिमा सँगै बस्न चाहेका खण्डमा त्यसमा कुनै हस्तक्षेप नगरियोस्।
३. घटनामा संलग्न प्रहरी अधिकारीमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक अनुशासनात्मक कारबाही गरियोस्।

मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्नु राज्यको मौलिक कर्तव्य हो। प्रहरीबाटै हुने यसप्रकारको गैरजिम्मेवार, पूर्वाग्रही र विभेदपूर्ण व्यवहारले समलिंगी समुदायमाथि थप अन्याय र भयको वातावरण सिर्जना गर्दछ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending