धनगढी । भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीले पैसा असुली गर्ने गरेको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका—कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमार्फत फर्किँदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीबाट असहज र अपमानजनक व्यवहार सहन बाध्य भएको बताएका हुन् ।
भारतको विभिन्न राज्यमा मजदुरी तथा कामका लागि गएका नेपालीहरू सीमामा कठोर चेकजाँच, अपमानजनक सोधपुछ र आर्थिक शोषणको शिकार भइरहेका छन्। गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका बम थापाले भारतीय सुरक्षाकर्मीहरूले ‘अनावश्यक झन्झट’ सृजना गरेर जबरजस्ती पैसा माग्ने गरेको बताए।
‘नाकामा सुरक्षाकर्मीहरूले पहिला चेकजाँच गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्,’ थापाले भने, ‘हामीजस्ता दैनिक श्रमिकबाट यसरी पैसा असुली गर्दा खाली हात घर फर्किंनुपरेको छ ।’
आफ्नो देश फर्किनै कठिन बनाउने गरी भारतीय सुरक्षाकर्मीले व्यवहारबारे नेपाल सरकारले कूटनीतिक पहलबाट सहज बनाउन नाकामा भेटिएका नेपालीहरूको भनाई छ। भारतबाट फर्कँदै गरेका नेपालीहरूले अपमान होइन, सम्मानका साथ घर फर्किन पाउनुपर्ने उनीहरूको भनाई रहेको छ।
भारत–पाकिस्तानबिच बढ्दो द्वन्द्वले गर्दा दुवै देशका सुरक्षाकर्मीहरू सीमामा कडाइ गरिरहेका छन्। तर सोही कडाइको नाममा नेपालीहरूलाई लक्षित गरी आर्थिक शोषण भइरहेको गुनासो बढ्दो छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार भारतसँग जोडिएका सुदूरपश्चिमका नाकाहरूमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विशेष गरी नयाँ अनुहार वा शङ्कास्पद देखिएका व्यक्तिहरूमाथि थप निगरानी गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकार पनि सीमा क्षेत्रमा विकसित परिस्थितिलाई लिएर सतर्क बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूसँग छलफल गरी सिमाना क्षेत्रमा थप सतर्कता र सहजीकरण गर्न निर्देशन दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: