म्याग्दी । म्याग्दीको धलागिरि गाउँपालिका ४ स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकैपटक १३ आरोही पुगेका छन् ।
यो वसन्तकालीन यामको पहिलो आरोहण हो । प्रतिकुल मौसमको सामना गर्दै आरोही शनिबार धौलागिरिको शिखरमा पुगेका हुन् । सेभेन समिट ट्रेक्सका तर्फबाट ६ विदेशी र ७ जना नेपाली शेर्पा सहितको आरोही टोलीले शनिबार बिहान धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।
उनका अनुसार रोप फिक्सिङ लिडर लाक्पा शेर्पाको नेतृत्त्वमा विदेशी आरोही सहित शेर्पाको टोलीले डोरी टाँग्ने (रोप फिक्सिङ्) र भर्याङ राख्ने लगायतका काम गर्दै शनिबार धौलागिरिको चुचुरोमा पुग्न सफल भएका हुन । उनले दिएको जानकारी रोप फिक्सिङ लिडर शेर्पा सहित तारामान तामाङ, पासाङ नर्बु शेर्पा, नजिवाङ पालजर शेर्पा, पुर्वाकुसाङ शेर्पा, पेमदोर्चे शेर्पा र पेमाचुम्बी शेर्पाले धौलागिरिको सफल आरोहण गरेका छन् । यसैगरी केही विदेशी आरोहिलेसमेत आरोहण गरेका छन् ।
सेभेन समिटका प्रबन्धक गुरागाईंले भने, ‘‘हामी गर्वका साथ घोषणा गछौं कि मकालु लाक्पा भनेर पनि चिनिने लाक्पा शेर्पाको नेतृत्वमा डोरी फिक्सिङसँगै ६ जना आरोहीलाई लिएर निकै प्रतिकुल मौसमलाई पार गर्दै आरोही टोली सफलतापूवक धौलागिरिको शिखरमा पुगेको छ ।’’ धौलागिरिको चुचुरोमा पुग्ने यो टोली वसन्तकालीन यामको पहिलो भएको उनले जानकारी दिए ।
अन्य ६ जना विदेशी आरोही पनि चुचुरोमा पुग्ने क्रममा रहेको उनले बताए । प्रतिकुल मौसमका कारण केही आरोही आधार शिविरबाट फर्किनुपरेको उनले बताए । पर्यटन विभागका अनुसार चालु वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका ९ जना पुरुष र ६ जना महिला गरी १५ विदेशी आरोहीले अनुमति लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: