Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबिच प्रत्यक्ष वार्ताको प्रस्ताव

खबरडबली संवाददाता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन् ।

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए । क्रेमलिनमा १ः०० (शनिबार २३०० जिएमटी) बजेपछिको आफ्नो बयानमा पुटिनले त्यो आह्वानलाई स्पष्ट रूपमा सम्बोधन गरेका बरू यसको सट्टा ताजा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गरे ।

“हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ र त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भने । रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।

“हामी इस्तानबुलमा बिहीबार मे १५ मा ढिलाइ नगरी (वार्ता) सुरु गर्ने प्रस्ताव गर्दछौँ”, पुटिनले भने । उनले वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताए । 

उनले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मूल कारणहरू हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न’ वार्ता चाहेको बताए । रुसको ‘द्वन्द्वका मूल कारणहरू’ सम्बन्धी सन्दर्भहरूले सामान्यतया किएभ र पश्चिमसँगका कथित गुनासोहरूलाई जनाउँछ, जुन मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु गर्न औचित्यका रूपमा प्रस्तुत गरेको छ ।

यसमा युक्रेनलाई ‘डि–नाजिफाई’ गर्ने, देशको पूर्वमा रूसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तारको विरुद्धमा पछाडि धकेल्ने र युक्रेनको पश्चिमतर्फको भूराजनीतिक बहाव रोक्ने प्रतिज्ञाहरू समावेश छन् । रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा बाहेक अरू केही नभएको भन्दै किएभ र पश्चिमले ती सबैलाई अस्वीकार गरेका छन् ।

रुसले आफ्नो आक्रमण सुरु गरेदेखि दशौँ हजारको मृत्यु भएको छ भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । “हामी यो वार्ताका क्रममा केही नयाँ युद्धविरामको सहमति हुन सक्ने कुरा अस्वीकार गर्दैनौँ”, पुटिनले भने । 

उनले युक्रेनका पश्चिमी समर्थकहरूलाई ‘रुससँग युद्ध जारी राख्न चाहेको’ आरोप लगाए । ३० दिने युद्धविरामका लागि विशेष युक्रेन–युरोपेली प्रस्तावको उल्लेख नगरी – युरोपेली ‘अल्टिमेटम’ र ‘रुस–विरोधी बयानबाजी’ को आलोचना गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending