सुनसरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेका छन्। आइतबार धरानमा आयोजित किराती र लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उद्घोष गरेका हुन्।
तत्कालीन प्रदेश नं. १ को नाम कोशी हुँदा आफ्नो पार्टी अन्तिम समयसम्म पहिचानकै आधारमा नाम राख्नुपर्नेमा दृढ रहेको उनले दाबी गरे। ‘अहिले पनि हामीले १ नम्बर नै प्रदेश भनेका छौँ। हाम्रो पार्टी यस प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्छ भनेर लडिरहेकै थियो। अहिले पनि पहिचानकै आधारमा नाम हुनुपर्ने भन्ने सिद्धान्तबाट थोरै पनि विचलित भएका छैनौँ। तर, सङ्ख्याले केही कन्फ्यूजन भयो। हामीले केन्द्रमा समीक्षा गर्यौँ र त्रुटि भयो भनेर सच्यायौँ। अब सङ्ख्या पुग्छ भने किरात, लिम्बुवान् र कोच भावना समेट्ने गरी प्रदेशको नामाकरण गर्नुपर्ने भन्नेमा दुविधा छैन’,उनले भने।
तत्कालीन प्रदेश नं। १ ले २०७९ फागुन १७ गते कोशी नाम पाएको थियो। त्यसबेला नेकपा (एमाले) का सांसद रामबहादुर राना मगरले प्रस्तावित गरेको कोशी नाममा दाहालको दल माओवादी केन्द्रले समेत समर्थन जनाएको थियो।
पछि त्यसको विरोध भएपछि माओवादी केन्द्रले त्यो निर्णय फिर्ता त लियो। तर, उमाथि लागेको आरोप भने ज्युँका त्युँ छ। यही सन्दर्भमा दाहालले आउँदो आवधिक निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याए नाम फेर्ने बताउने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: