Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बंगलादेशमा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति यसबारे जानकारी गराएका हुन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले आतंकवाद विरोधी ऐनअन्तर्गत पार्टीका अनलाइन र अन्य गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए । गत जुलाई–अगस्टमा भएको सरकारविरोधी विद्रोहमा सयौँ विद्यार्थी र प्रदर्शनकारीको मृत्यु भएको थियो । सो प्रदर्शनलाई लिएर अवामी लिग र त्यसका नेतालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मुद्दा चलाउँदासम्म यो प्रतिबन्ध कायम रहने उल्लेख गरिएको छ ।

नजरुलले भने, ‘यो निर्णय राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, जुलाई आन्दोलनका कार्यकर्ता, र न्यायाधिकरणका वादी–साक्षीको सुरक्षाका लागि हो ।’ विशेष मन्त्रिपरिषद् बैठकपछि नजरुलले सञ्चारकर्मीसँग हसिनाविरोधी प्रदर्शनका हत्यामा संलग्न कुनै पनि दलमाथि मुद्दा चलाउन सकिने गरी कानून संशोधन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सरकारी सूचना चाँडै विस्तृत रूपमा प्रकाशित हुनेछ।

हसिनालाई गत वर्ष अपदस्थ गरेपछि उनीसँगै उनको पार्टीका धेरै वरिष्ठ नेताहरूमाथि हत्याका कैयौँ मुद्दा लगाइएको छ। हसिना अगस्ट ५ देखि भारतमा निर्वासनमा छिन् । प्रदर्शनकारीले उनको निवासमा आक्रमण गरेपछि उनी भारतमा शरण लिन पुगेकी थिइन् । संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी प्रतिवेदनले हसिनाविरोधी प्रदर्शनमा तीन हप्तामा एक हजार चार सय जनाको मृत्यु भएको अनुमान गरेको थियो ।

शनिबार रातिको निर्णय विद्यार्थीहरूको नवगठित राष्ट्रिय नागरिक पार्टी ९एनसीपी० सहित हजारौँ प्रदर्शनकारीले ढाकामा अवामी लिगमाथि प्रतिबन्धको माग राख्दै अल्टिमेटम दिएपछि आएको हो । विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले हसिनाको १५ वर्षे शासन अन्त्य गरेको थियो । त्यसपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका हुन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending