Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

इरानमा सत्ता अनिश्चितता, खामेनेईको स्वास्थ्य गम्भीर

खबरडबली संवाददाता

लन्डन। इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ ।

दी टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ ।

प्रतिवेदन अनुसार खामेनेई उपचाररत रहेको र उहाँ हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन नसक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ । सो मेमोले पहिलोपटक उहाँको ठ्याक्कै स्थानसमेत खुलाएको दाबी गरिएको छ ।

यस विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई समेत जानकारी रहेको जनाइएको छ । वासिङ्टनस्थित इरानको प्रतिनिधित्वसँग पनि यसबारे सम्पर्क गरिएको उल्लेख गरिएको छ, जसले पाकिस्तानस्थित दूतावासमार्फत काम गर्दै आएको बताइएको छ ।

पश्चिम एसियामा द्वन्द्व सुरु भएयता खामेनेई सार्वजनिक रूपमा देखिएको छैन । उनको नाममा जारी गरिएका सन्देशहरू भने इरानी सरकारी सञ्चार माध्यममार्फत प्रसारित भइरहेका छन् ।

त्यसैबिच, सोही प्रतिवेदनमा खामेनेईको सम्भावित निधनलाई ध्यानमा राख्दै कोममा अन्त्येष्टि तयारीसमेत सुरु गरिएको उल्लेख गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।

यस घटनाक्रमबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएको छन्। उनले मङ्गलबार राति ८:०० बजे ९पूर्वी समय० सम्म सम्झौतामा नआए पूर्वाधारमा गम्भीर असर पर्ने चेतावनी दिए।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यो अवस्थालाई ‘महत्त्वपूर्ण अवधि’ का रूपमा वर्णन गरे। उनका अनुसार इरानले थप समय मागेपछि १० दिनको समय दिइएको थियो, जसको अन्तिम समय अब नजिकिएको छ ।

“उनीहरूसँग भोलिसम्म समय छ, त्यसपछि के हुन्छ हेर्नु पर्ने छ”, उनले भने, “यदि सम्झौता भएन भने उनीहरूसँग कुनै पुल रहने छैन, कुनै पावर प्लान्ट रहने छैन र अवस्था झन् खराब हुने छ ।”

ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्व सन्दर्भमा आफूले सुरुमा बलियो इरानको सामना गर्नुपरेको भए पनि अहिले अवस्था बदलिएको दाबी गरे। उनले विगतका अमेरिकी प्रशासनहरूले समयमै कदम नचालेको टिप्पणी गर्दै अहिलेको रणनीति ढिलो भए पनि आवश्यक भएको बताए।

“हामी ४७ वर्षदेखि यिनीसँग व्यवहार गर्दै आएका छौँ”, उनले भने, “पहिले नै कदम चालिएको भए अवस्था फरक हुन सक्थ्यो, तर अहिले पनि हामी आवश्यक निर्णय लिइरहेका छौँ ।”

यो घटनाक्रमले इरानको आन्तरिक नेतृत्व, क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा थप जटिलता थप्ने सङ्केत देखिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीले भन्यो: ‘डराएनौँ, झुकेनौँ, त्यसैले सरकार झुक्यो’

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...

वडासदस्यले लुकाएर राखेको तीन सय बोरा मल बरामद

ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...

बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै, एसपीसहित दर्जनौं घाइते

काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...

कायानत खातुन मृत्यु प्रकरणमा मन्त्री बादीको चासो, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ, कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending