महाेत्तरी । महोत्तरीको पिपरा गाउपालिका ४ निवासी चंदेव ठाकुरको ५२ वर्षीया श्रीमती आफ्नै खेतमा मृत भेटीएकी छिन ।
शनिबार बिहान ७ बजे घरबाट कोदालो बोकी करीब १.५ किलो मीटर पश्चिम रहेको खेतमा पुगेकी उनी जीउमा केहि माटो पुरिएको अबस्थामा मृत भेटीएकी हुन् । घरबाट निस्केको करीब १५ मिनेटपछि उनकी छोरी उषा ठाकुर समेत चूल्होंबाट निस्केको खरानी खेतमा हाल्न भनी निस्केको र आमालाई बाटोमैं भेटेर सँगै खेत पुगेकी थिइन् ।
आमालाई खेतमैं छोड़ी दाउरा टिप्न भनी निस्केकोमा केहि समयपछि दाउरा टिपेर फ़र्क़दा आमा अचेत अबस्थामा भेटीएको मृतककी छोरी उषाले बताइन । उनले आमाको खुट्टामाथि केहि माटो राखिएकोमा गाउँका भद्र भलादमी बोलाउदा उनीहरुले आमा बीतिसकेको बताएपछि प्रहरीलाई जानकारी गराएको बताइन ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालै सरुवा भएर आएका एसपी हरिण्य शर्माले स्वभाविक वा अन्य केहि कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने अहिले नै यकीन गर्न नसकिने बताए । घटना स्थल आफै पुगेका एसपी शर्माले घटना स्थलमा अनुसन्धानको लागि प्रशिक्षित कुकुर टोली समेत मगाएका छन भने घटनालाई सूक्ष्म अनुसन्धान गर्दैछन् ।
एसपी शर्माले आज घटना स्थल मुचुल्का पश्चात शव पोस्टमार्टमको लागि पठाउने बताए । उनले पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसंधान रिपोर्ट पछि मात्र मृत्युको कारण खुल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: