Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती मनाउने तयारी

खबरडबली संवाददाता

रूपन्देही । लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती मनाउने भव्य तयारी गरिएको छ । शनिबार यहाँ लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी गराएको छ ।

यसपटक तीन दिवसीय कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइने भएको छ । वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने कोषले जानकारी गराएको छ ।बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुने प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले बताए । 

विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका  प्रमुख तथा प्रतिनिधिहरू  सहभागी हुने भट्टराईले जानकारी दिए । 

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरूको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० बजे शोभायात्रा हुने छ । पत्रकार सम्मेलनमा बाेल्दै कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले बुद्धजयन्ती भव्य बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताए । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित चीन, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशका राजदूत समेत कार्यक्रममा सहभागी हुने उल्लेख गरे । 

मूल समारोह व्यवस्थापनका लागि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार प्रसार समिति, सुरक्षा व्यवस्था समिति, शोभायात्रा तथा भोजन व्यवस्थापन समिति लगायतका उपसमितिहरू गठन गरिएको छ । बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम, तिलौराकोट दरबार, कुदान, देवदह लगायतका क्षेत्रमा बुद्ध जयन्तीका अवसरमा सरसफाइ, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, शान्ति ध्यान र प्रशुति उत्सवजस्ता विविध कार्यक्रम समेत आयोजना गरिएको छ ।

वैशाख ३० गते नवजात शिशु राजकुमार सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तु लगेर बोधिसत्व सिद्धार्थको शोभायात्रा हुने छ । मायादेवी मार्ग हुँदै कपिलवस्तुको तिलौराकोटसम्म शोभायात्रा गरिने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending