Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

भारत–पाकिस्तानबिचको सैन्य तनावको प्रभाव : सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी, तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

खबरडबली संवाददाता

धनुषा । भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ ।नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । 

नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए । 

धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबिचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।”

विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उहाँको भनाइ छ । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ । 

सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए ।

तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

त्यसैगरी छिमेकी मुलुक भारत र पाकिस्तानबिच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ । जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ । 

सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो । 

‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसपी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए । 

यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरूले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए ।  

सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उनले बताए । 

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?

काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...

चुनावअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्न व्यवसायीको माग माग

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...

निर्वाचन प्रहरीको नियुक्ति १५ माघमा, परिचालन २५ माघबाट

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...

माघ शुक्ल पञ्चमी: आज श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...

पश्चिमी वायुको प्रभाव- कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...

सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडप, प्रहरीमाथि ढुङ्गामुढा

भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending