Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा व्यक्त गरेको धारणा पार्टीको मूल्य–मान्यता विपरीत रहेको निष्कर्ष निकाल्दै आधिकारिक रूपमा स्पष्टिकरण दिएको छ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले करिब ६ घण्टा उक्त विषयमा समीक्षा गरेको थियो। बैठकपछि जारी विज्ञप्तिमा महासचिव शंकर पोखरेलले बादलको अभिव्यक्तिलाई सच्याउँदै नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको स्पष्ट पारे।

संसद्मा के भनेका थिए बादलले?

प्रतिनिधिसभाको पहिलो बैठकमा ६ मिनेट १७ सेकेन्ड बोलेका थापाले निर्वाचन प्रक्रियाप्रति नै शंका व्यक्त गरेका थिए। उनले भदौ २३ र २४ गते अवैधानिक ढंगबाट ‘रंगक्रान्ति’ सम्पन्न भएको र फागुन २१ गतेको आमनिर्वाचनमार्फत त्यसलाई वैधानिकता दिइएको अभिव्यक्ति दिएका थिए।

उनले चैत १३ गते धार्मिक अनुष्ठानमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई शपथ गराइएको उल्लेख गर्दै व्यंग्यात्मक शैलीमा बधाई दिएका थिए। साथै, अदृश्य विदेशी शक्तिको भूमिकाबारे पनि प्रश्न उठाएका थिए।

पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूको गिरफ्तारी र सशस्त्र समूहहरूको गतिविधिबारे उनले संसद्मा प्रश्न उठाएका थिए, जसलाई पछि पार्टीभित्रै विवादास्पद अभिव्यक्तिका रूपमा लिइएको थियो।

पार्टीको समीक्षा र निष्कर्ष

सचिवालय बैठकले थापाको धारणा एमालेले अंगीकार गरेको लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र संस्थागत सम्बन्धको प्रतिकूल रहेको ठहर गरेको छ।

बैठकले संसदीय दल नेताको निर्वाचन विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न भएको स्पष्ट पारेको छ। उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको दाबी पनि गरिएको छ।

साथै, दल नेताको निर्वाचनबारे सार्वजनिक सञ्चारमाध्यममा आएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टी पंक्तिलाई सार्वजनिक टिप्पणी नगर्न आह्वान गरिएको छ। एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई छुट्टै बधाई ज्ञापन गरेको छ।

यसै बैठकले सरकारको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने प्रस्तावप्रति पनि कडा असहमति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending