Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्दै आएका अधिकांश कुरा नै दोहोर्‍याए।

बीस मिनट लामो 'प्राइमटाइम' सम्बोधनमा ट्रम्पले इरानविरुद्ध अमेरिका र इजरेलले सञ्चालन गरेको सैन्य कारबाहीको "मुख्य रणनीतिक उद्देश्य" सम्पन्न हुन लागेको बताए।

इरान युद्ध सुरु भएको एक महिना नाघिसकेको छ। उनले दुईदेखि तीन साता युद्ध लम्बिन सक्ने जनाए। आफ्नो भाषणमा ट्रम्पले विगतमा जसरी नै इरानलाई "ढुङ्गेयुगमा पुर्‍याउने गरी" बम प्रहार गर्नेसहितका चेतावनी दिए।

विगत एक साताजति उनले 'ट्रूथ सोशल'मा गरेका पोस्टहरू हेर्ने हो भने बुधवार साँझ खासै नयाँ कुरा केही भनेनन्।

इरान युद्ध 'भविष्यका लागि लगानी'

यद्यपि उनले अमेरिकी नागरिकहरूलाई इरान युद्धबाट प्राप्त हुने लाभबारे केही आश्वस्त पार्ने प्रयास गरे। त्यसो गर्नुको कारण पनि छ। विभिन्न मतसर्वेक्षणमा अधिकांश मतदाताहरूले २८ फेब्रुअरीमा सुरु भएको सैन्य कारबाहीविरुद्ध आफ्नो धारणा व्यक्त गरेका छन्।

विगत एक शताब्दीमा अमेरिका सहभागी भएका र लामो समय चलेका अन्य द्वन्द्वको तुलनामा इरान युद्ध केही पनि नभएको भन्दै ट्रम्पले यसलाई भविष्यका लागि "लगानी"का रूपमा हेर्न आग्रह गरे।

यो युद्ध कुन दिशामा जाला वा अमेरिका त्यसबाट कसरी बाहिरिएला भन्ने प्रश्नको स्पष्ट उत्तर भने ट्रम्पको भाषणमा थिएन। उनले धेरै महत्त्वपूर्ण विषयहरू छुटाएकाले कैयौँ प्रश्नहरू अनुत्तरित छन्।

पहिलो, इजरेलले अझै इरानमा हमला गरिरहेको छ भने इरानबाट पनि इजरेली भूमिलाई लक्ष्य गरेर ड्रोन र क्षेप्यास्त्र प्रहार हुने क्रम जारी छ।

एउटा प्रश्न उठ्छ - के बेन्जमिन नेतन्याहूको नेतृत्वमा रहेको इजरेली सरकार ट्रम्पले भनेअनुसार केही साताको समयतालिका स्वीकार गर्न तयार छ?
 
अहिले हामीलाई त्यसबारे केही थाहा छैन। पुरानो प्रस्ताव के भयो
दोस्रो, केही दिनअघि ह्वाइट हाउसले इरानले स्वीकार गरोस् भनेर अघि सारेको १५-बुँदे शान्तियोजना कता पुग्यो? ट्रम्पले आफ्नो भाषणमा त्यसबारे केही बोलेनन्।

के वाशिङ्टनले इरानबाट संवर्धित युरेनिअम लिनेसहितका अधिकांश मागहरू परित्याग गरेको हो?

त्यो पनि अस्पष्ट छ।

यो द्वन्द्वका कारण अवरुद्ध 'स्ट्रेट अफ होर्मुज' फेरि खोल्ने विषयबारे सर्वाधिक चासो देखिएको छ। युद्ध सुरु भएपछि इरानले विश्वभरिकै अतिव्यस्तमध्ये एक मानिने उक्त जलमार्ग बन्द गरिदिएको छ।

तर ट्रम्पले होर्मुज जलमार्गबारे स्पष्ट कुरा गरेनन्।

कुनै बेला उनले इरानले तेलवाहक ट्याङ्करहरूलाई उक्त जलमार्ग प्रयोग गर्न दिनुपर्ने माग गरे पनि साझेदार राष्ट्रहरूलाई उक्त विषय आफैँ समाधान गर्न पनि भने । "उक्त जलमार्गमा जानुहोस् र त्यसलाई आफ्नो नियन्त्रणमा लिनुहोस्, त्यसको रक्षा गर्नुहोस् र आफैँ प्रयोग गर्नुहोस्," उनले भने।

"गाह्रो काम भइसकेको छ त्यसैले अब सजिलो होला।"

त्यसपछि उनले विस्तृत व्याख्या नगरीकन लडाइँ सकिएपछि होर्मुज जलमार्ग आफैँ खुल्ने टिप्पणी गरे। तर तेलको मूल्य बढेकोमा चिन्तित पक्ष ट्रम्पको भनाइबाट ढुक्क हुने देखिँदैन।

बुधवार दिएको एउटा अन्तर्वार्तामा नेटो सैन्य गठबन्धबाट बाहिरिने सङ्केत गरेका ट्रम्पले केही सहयोगी राष्ट्रको आलोचना गरेका थिए। त्यस क्रममा उनले ती राष्ट्रहरूले ढिलै भए पनि साहस देखाएर होर्मुज जलमार्ग फेरि खोल्ने अभियानको नेतृत्व गर्नुपर्ने बताएका थिए।

तर साँझको सम्बोधनमा उनले त्यसबारे केही टिप्पणी गरेनन्।

अस्पष्ट परिभाषा र विरोधाभास

ट्रम्पले उत्तर नदिएको अर्को महत्त्वपूर्ण प्रश्न स्थलसैनिकहरूसँग सम्बन्धित छ। मध्यपूर्वमा पुगेका हजारौँ मरीन र प्यारट्रूपरहरूले अब त्यहाँ के गर्लान्?

राष्ट्रपति ट्रम्पको सम्बोधन सुनेपछि पनि हामीले यो युद्धमा उनले केलाई विजय मानेका छन् भन्ने कुरा बुझ्न सकेका छैनौँ।

विगतमा पनि उनको भनाइमा एक दिनपछि अर्को दिन विरोधाभास देखिने गरेकाले उनको कुरा जुन बेला पनि फेरिन सक्छ।

ट्रम्प युद्धबाट बाहिरिने मार्गको खोजीमा रहेका राष्ट्रपति हुन्। उनी अझै पनि त्यो फेला पार्ने प्रयासमा छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending