Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

स्टार्टअप बिजनेसमा ६६१ उधमीका लागि राज्यकाे १ अर्ब लगानी

खबरडबली संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिए ।

नेपाल जेसिजद्वारा काठ्माण्डौँमा आयोजित “क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५” मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताए । उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । 

“गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौँ भने यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भएका छन् । यो कार्यक्रम निरन्तर जारी रहन्छ,’ उनले भने ।

उनले नविनतम् सोच भएका युवा उद्यमीहरूलाई विना धितो न्यून ब्याजदर मा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए । गत बर्ष बैंकको जागिर छोडेर समेत स्टार्टअप कर्जा लिएका उद्यमीले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेकोसमेत उनले जानकारी दिए । उद्यमशीलताका लागि सरकारले नीतिगत सहुलियत दिँदै आएकोसमेत उनले बताए ।

उनले उद्यमशीलता र युवा नेतृत्व विकासका लागि सरकार युवाहरूको साथमा रहेको बताए । युवा उद्यमीहरू देशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्ने बताउँदै सरकारले नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गरे ।उनले भने, “युवाको सृजनशीलता र दृढ सङ्कल्पले हाम्रो अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन सक्छ । यसका लागि हामीले ’युवा उद्यमशीलता तथा रोजगार कोष’, ’स्टार्टअप फन्ड’ र ’इनोभेसन ग्रान्ट’ जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ ।” 

उनले विश्वमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स जस्ता नवीनतम प्रविधिहरूले व्यापार र उद्योग क्षेत्रमा आमूल परिवर्तन ल्याइ रहेकोसमेत बताएका छन् । “यस्तो परिवर्तनशील परिवेशमा, हामीले हाम्रा युवा उद्यमीहरूलाई नवीनतम प्रविधि र व्यावसायिक मोडेलहरूसँग परिचित गराउनुपर्छ । उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा टिक्न सक्ने क्षमताले सुसज्जित बनाउनुपर्छ । यसका लागि, सरकारी निकाय, निजी क्षेत्र र जसेजी जस्ता संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको छ, ” उनले भने ।

उनले आफ्नो मन्त्रालय युवा उद्यमीहरूलाई प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार विस्तारमा सहयोग पु¥याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले “मेड इन नेपाल“ अभियानलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने हाम्रो रणनीति रहेको बताए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भण्डारी प्रमुख अतिथि रहेका थिए ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE