Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन

खबरडबली संवाददाता

ताप्लेजुङ। ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन (नानी) संयोजक रहेको ४७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको हो।

मोर्चाको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन हुनुभएको छ। सदस्य–सचिवमा धनकुमार येङ्देन, प्रवक्ता सरोज कङ्लिवा, सहसचिवमा चतुरमती थाङ्देन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा चयन भएको छन् । 

मोर्चाको सल्लाहकारमा मोती पालुङ्वा, कर्णबहादुर पालुङ्वा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कीर्तिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्कहाङ तुम्बाहाम्फे रहनुभएको छ। यसैगरी बिरेन तबेबुङ संयोजक रहेको संयुक्त पहिचानवादी युवा मोर्चाको जिल्ला समिति पनि गठन गरिएको छ। युवा मोर्चाको सहसंयोजकमा जनम इधिङ्गो चयन भएको छन् ।

जिल्ला भेला मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, पहिचानवादी नेताहरु ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन लगायतको उपस्थितिमा गठन गरिएको प्रवक्ता सरोज कङ्लिवाले जानकारी दिए। मोर्चाको भेलाको अवसरमा गत फागुन १० गते नो केबलकार सङ्घर्षका क्रममा पक्राउ परी प्रहरी हिरासतमा २७ दिन बसेका र पक्राउपुर्जी जारी भएका नौ जनालाई सम्मानसमेत गरिएको कङ्लिवाले जानकारी दिए।

त्यस्तै पाथीभरा (मुक्कुमलुङ) केबलकारविरुद्ध आन्दोलनका क्रममा घाइते भएकालाई उपचार सहयोगबापत ताप्लेजुङ युके समाज, फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिले आर्थिक सहायता उपलब्ध गराएको छ। पहिचानवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजलाई समेत विशेष सम्मान गरिएको मोर्चाले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending