Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

प्रतिनिधिसभाको शून्य समय: कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

सांसद बीना लामाले चैत १५ गतेको तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र थुनामा राखिएका रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहा गर्नुपर्ने माग गरे ।

सांसद विराजभक्त श्रेष्ठले सिम्रौनगढको पल्कियामाई मन्दिर इतिहासको पहिचान र जीवन्त प्रतीक भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।

सांसद शान्ति श्रेष्ठले सडकको अवस्था वर्षामा हिलाम्मे र अरू बेला धुलाम्मे हुने भएकाले वर्षा अगाडि नै बाँकी सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद सरस्वती बजिमयले पनि वर्षायाम सुरू भएसँगै पहाडी र हिमाली भेगका नागरिकलाई यात्रा गर्दा जोखिम झेल्नुपर्ने भएकाले समयमै सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइन्।

सांसद शिव नेपालीले राष्ट्रिय गौरव योजनामा देखिएको अनियमितताप्रति शून्य सहनशीलता अपनाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रक्रियामा न्यायिक छानबिनको माग रे ।

सांसद शिशिर खनालले गोङ्गबु बसपार्क क्षेत्रमा साँझपख खुला सडकमा अमर्यादित गतिविधि, रातभरि होहल्ला र यात्रुहरूलाई विभिन्न प्रलोभन देखाई लुटपाट हुने गरेको गुनासो बढेकाले सुरक्षित र सम्मानजनक वातावरण सिर्जना गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद शोभा ज्ञवालीले विभिन्न योजनाहरू समयमा सम्पन्न नहुनु र बजेट ‘फ्रिज’ हुने समस्या देखिएकाले ठेक्का लिने निर्माण व्यवसायीहरूको क्षमता र नियत मूल्याङ्कन गरेर मात्रै ठेक्का स्वीकृत गर्नुपर्ने बताइन्।

सांसद सन्तोष चालिसेले आउँदो बजेटमा कृषकहरूलाई बजारसँग जोड्न सक्ने व्यवस्था मिलाउन र देशमै रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको बजेट बढाउनुपर्ने सुझाव दिए ।

सांसद सरस्वती सुब्बाले दलित भूमिहीनलाई आवास र कृषि भूमिसहितको अधिकार प्रदान गर्न तत्काल संसद्मा भूमि, वन र निकुञ्जसम्बन्धी विधेयक ल्याउन माग गरिन् ।

सांसद सराजअहमद फारुकीले कपिलवस्तु क्षेत्र नं ३ मा नदी कटानका कारण बर्खायाममा गाउँ नै डुब्ने खतरा रहेकाले सम्बन्धित मन्त्रालयको ध्यान पुग्नुपर्ने बताए।

सांसद शान्ति चौधरीले किसानहरूलाई समयमा मल वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइन् ।

सांसद सरिता भुसालले सिमसार क्षेत्रको उचित विकास र संरक्षण हुन नसक्दा उपेक्षित देखिएकाले सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरिन्।

सांसद सीता मिजारले सङ्घीय संसद् भवन निर्माण आयोजनामा भएको ढिलाइ र सुस्तीले अन्य परियोजनाहरू समयमै सम्पन्न हुनेमा आशङ्का उत्पन्न गराएको बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending