लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन ।
विभिन्न माग राख्दै विद्यार्थीले वैैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । लमजुङ क्याम्पसस्थित नेपाल विद्यार्थी सङ्घका सभापती सौरभ उप्रेती, अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरे, अखिल क्रान्तिकारीका अध्यक्ष विवेक भट्टले संयुक्त विज्ञप्ती जारी गरी क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन कार्यालयले विभिन्न शुल्क सम्बन्धमा गरेको निर्णय सच्चाउन पटक पटक गरिएको आग्रहलाई बेवास्था गरिएपछि विरोधमा तालाबन्दी गर्नुुपरेको विद्यार्थी सङ्घ सङ्गठनले जनाएका छन् ।
डिन कार्यालयले गत माघमा अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी मौका परीक्षामा अनुत्तीर्ण भए सेमेष्टरको पूर्ण शुल्क अनिवार्य गरेको थियो । सो निर्णय सच्चाउन स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्गठनहरूले आवाज उठाइरहे पनि सुनुवाई नभएको विद्यार्थीको गुनासो छ ।
कृषि शिक्षा क्षेत्रमा घट्दो विद्यार्थी सङ्ख्यालाई बढाउन तर्फ नलाग्ने, तर अध्ययन गरिरहेका विद्यार्थीको मनोबल घटाउनेगरी डिन कार्यालयले काम गरेको नेविसङ्घ लमजुङ क्याम्पसका सभापति सौरभ उप्रेतीले बताए ।
विश्वविद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने क्षेत्र बनाउनुपर्नेमा विद्यार्थीको भावना नबुझी एकलौटी हिसाबले आर्थिक भार थोपर्ने निर्णय गरिएको अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरेले बताए । उनले मागबारे सम्बोधन नभए अन्य सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: