काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले प्युठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गरेको छ ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा प्युठानबाट निर्वाचित सांसद थापाले भालुवाङ–प्युठान, बाग्दुुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्गलगायत योजनाका लागि ध्यानाकर्षण गराएको हो । सांसद थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका, भालुवाङबाट प्युठान जिल्ला सदरमुकाम जोड्ने भालुवाङ–प्युठान मोटरबाटोलाई चकचके–भिङ्गृ–लिबाङ एवम् चकचके खलङ्गासम्म दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गर्न आग्रह गरे। यो सडकलाई दुई लेनमा स्तरोन्नित गरी राष्ट्रिय राजमार्गमा समावेश हुन छुट भएकाले अविलम्ब समेट्नुपर्नेमा उनको जोड थियो ।
सांसद थापाले विगत १० वर्षदेखि स्रोत सुनिश्चित भई ठेक्का लागेर पनि निर्माण अलपत्र परेको बाग्दुला–भीमगिठे सडकअन्तर्गत निर्धारित बाग्दुला–मच्छी–ठुलाबेँसी–भीमगिठे सडकको नयाँ ठेक्का अविलम्ब लगाउन माग गरे।
यसैगरी, मदनभण्डारी राष्ट्रिय राजमार्गअन्तर्गत सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम भइरहेकामा द्रुतगतिमा निर्माण हुनुपर्ने, गोखुङ्गा–बाग्दुला खण्डका वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुपर्ने सांसद थापाको जोड थियो ।
प्रधानमन्त्रीसमक्ष प्रस्तुत मागपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सहरी विकास मन्त्रालयअन्तर्गत पक्की पुल र जिल्लामा विभिन्न स्थानीय तहका गरी दुई हजार ३७७ सुरक्षित नागरिक आवास कार्यक्रमका योजना, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालयअन्तर्गत सात क्रमागत योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत स्वर्गद्वारी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्नेगरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय योजना आयोगका समपूरक तथा विशेष अनुदानका आठ योजना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत चार योजना, खानेपानी मन्त्रालयअन्तर्गत १४ योजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत १० योजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत प्युठान नगरपालिकामा बृहत् प्रदर्शनीस्थल निर्माण, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत दुई योजनाका लागि सांसद थापाले प्रधानमन्त्रीमार्फत बजेट माग गरेको छन् ।
बलिरामको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टर तथा उर्मिलाको एल एस न्यूरो हस्पिटल परवानीपुर, बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन तथा कार चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं। १२ बस्ने कुमार पोखरेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक राइले जानकारी दिएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: