Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

खबरडबली संवाददाता
झापा। सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
 
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए। खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ । 
 
खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएको थिए ।
 
पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए ।
 
झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते उक्त मुद्धाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी विर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए ।
 
अदालतको आदेश बमोजिम रु एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र रु ७५ हजार धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई रु तीन करोड ३५ लाख ४०० हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो ।
 
यसैगरी, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए ।
 
अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत रु एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्धा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending