कावासोती। नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद डा। शेखर कोइरालाले नेपाली कांग्रेस र एमालेको सरकारले वर्तमान अवस्थामा हरेक समस्याको कारण खोजी गर्दै त्यसको समाधान गर्ने बताएको छन् । नेपाल थारू सङ्घ जिल्ला समिति नवलपुरको पहिलो जिल्ला अधिवेशनको सन्दर्भमा शनिबार थारू सङ्ग्रहालयको उद्घाटन गर्दै उनले सो कुरा बताएको हो ।
डा। कोइरालाले पार्टीले पहिलो पटक थारूको छुट्टै सङ्गठनको अनुमति दिएको भन्दै थारू संस्कार र संस्कृतिको विकासमा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले संसद्मा रहेका दुई ठुला दलको सरकारले हरेक पक्षको समान दायित्व बोकेर अघि बढेमा यो सरकार आलोपालोको अवधिसम्म टिक्ने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक दलको मात्र दायित्व नहुने भएकाले संयुक्त सरकारको चाहना र इच्छा अनुसार छोटो र सरल विकासवादी चिन्तन बोकेर आएको उनले उल्लेख गरे।
नेता कोइरालाले कांग्रेस महाधिवेशन विधानबमोजिम हुनेमा शङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे। मुलुकमा आएका हरेक विवादको समाधान वार्ताबाट गर्नुको विकल्प नरहेको भन्दै नेता कोइरालाले समाजको विकास र जनचाहनाबमोजिम अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले मुलुककमा देखिएका हरेक समस्याको समाधान गर्नुपर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, उदयशमशेर राणा, योगेन्द्र चौधरीले नेपाली कांग्रेस मुलुकको अग्रगामी परिवर्तनका लागि जिम्मेवार भएर अघि बढेमा मात्र मुलुकको विकास सम्भव रहेको बताए ।
शनिबारै नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा डा। कोइरालाले स्वतन्त्र प्रेस आजको मूल आवश्यकता भएकाले सबै लोकतन्त्रवादी यसको संस्थागत विकासमा दत्तचित हुनुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेता कोइरालाले आउँदो मङ्सिरमा पार्टीको महाधिवेशन भएको चार वर्ष पुग्ने हुँदा कुनै पनि हालतमा मङ्सिर मसान्तभित्र महाधिवेशन हुनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: