Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

एआईको चेतनाका लागि काम गर्छौ : मन्त्री खड्का

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताएका छन् । 

एआई कार्यशालामा सहभागी विद्यार्थीको शनिबार ज्ञापनपत्र बुझदै मन्त्री खड्काले “सेन्टर फर एक्सलेन्स” को स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गर्ने बताए । धनगढीमा पहिलो पटक भएको एआई सम्बन्धी कार्यशालाका सहभागीले एआई सम्बन्धी काम गर्न प्रदेश सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए ।

सो कार्यशालाको उद्घाटन डडेलधुराको क्षेत्र नम्बर (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले आयोजना गरेका थिए । विकासको लागि कृत्रिम बौद्धिकता भन्ने विषयमा केन्द्रित तीन दिने सेमिनारमा धनगढीका विभिन्न कलेजमा ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीको सहभागिता रहेको थियो ।

डा. जोशीका अनुसार एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षादेखि स्वास्थ्य, कृषि, सुरक्षा र प्रशासनसम्म फैलिएको र यस क्षेत्रमा ठूलो करिअर सम्भावना रहेकोले विद्यार्थीलाई यसतर्फ आकर्षित गर्न सो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा कृत्रिम बौद्धिकता (एआई) को विकास, सामाजिक तथा प्राविधिक प्रयोग र नीति निर्माणमा प्रयोगका सम्भावनाका विषयमा विद्यार्थी र विज्ञसँग अन्तरक्रिया भएको थियो । अबको बजेटमा एआई एक्सिलेन्स सेन्टर लगायत प्रविधि र उत्पादनमुलक होस् भनेर आयोजना गरिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय एआई विभाग प्रमुख यज्ञराज पाण्डे, एआई विज्ञ सागर उप्रेती, सुदिप श्रेष्ठ, रोशन श्रेष्ठ, संजोग नेपाली, रामप्रसाद चौधरी र भेषराज जोशीले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । 

सो सेमिनारमा सशस्त्र प्रहरीका अधिकृत, आइटी इन्जिनियर, युवा उद्यमी, कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बिआईएम संकायमा अध्ययनरत ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending