ताप्लेजुङ । ताप्लेजुङमा सत्ता साझेदार दल नेपाली कांग्रेस निकट तीन वटा भातृ संस्थाको नयाँ नेतृत्व एकसाथ चयन गरिएको छ । भातृ सङ्गठनहरू नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घ र आदिवासी जनजाति विभागीय समितिको नेतृत्व एकसाथ चयन गरिएको हो ।
नेपाली कांग्रेस ताप्लेजुङका सचिव युकहाङबिर हाङ्गाम (डम्बर) का अनुसार उक्त तीन भातृ संस्थाको एकै दिन संयुक्त जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिएको हो । मेरिङ्देन गाउँपालिका अध्यक्षसमेत रहेका हाङ्गामले तीनवटै संस्थाको प्रथम अधिवेशन एक साथ सम्पन्न गरिएको जानकारी दिए ।
सदरमुकाम फुङ्लिङमा सम्पन्न गरिएको अधिवेशनबाट दादार्ची शेर्पा अध्यक्ष रहेको १९ सदस्यीय नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ जिल्ला कार्यसमिति चयन भएको छ । कार्यसमिति उपाध्यक्षमा काजी शेर्पा, सचिव शङ्कर शेर्पा (तेन्जिङ) सहसचिव ल्हाक्पा कर्मा शेर्पा र कोषाध्यक्षमा सुशीला शेर्पा चयन भएका छन् ।
यस्तै नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको जिल्ला अध्यक्षमा जुनकला लिम्बू चयन भएका छन् । सङ्घको कार्यसमिति उपाध्यक्षमा सीता लेछर्बो, सचिव डिल्ली फुरुम्बो, सहसचिव शर्मिला बान्तावा राई र कोषाध्यक्षमा शिवकला केदेम लिम्बू चयन भए । लिम्बू सङ्घका केन्द्रीय सदस्य प्रमिला जबेगुको प्रमुख आतिथ्यतामा जिल्ला कार्यसमिति चयन गरिएको बताइएको छ ।
यसैगरी मिङ्मा याङ्गेल शेर्पा अध्यक्ष रहेको आदिवासी जनजाति विभागीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा टङ्कराज वनेम, सचिव मनमाया तामाङ, सहसचिव हिमकला गुरुङ र कोषाध्यक्षमा जुनकला लिम्बू चयन भएकी छिन् । तीनवटै भातृ संस्थाको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि शिला इजमले जानकारी दिए । कार्यक्रममा जिल्लास्तरीय पार्टी नेतृत्व लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: