फिदिम। संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलिब्रिज उपलब्ध गराउने भएको छ।
संघीय सरकार अन्तरगत सडक डिभिजन इलामले प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरलाई शुक्रबार पत्र लेख्दै काबेलीको पुल उपलब्ध गराएको हो।
पुल ढुवानी र जडान खर्च भने प्रदेश सरकारले व्यहोर्नु पर्ने डिभिजन प्रमुख पवन भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
‘काबेली नदीमा पक्की पुल बनिसकेकाले यहाँ रहेको ४८.८ मिटर लामो बेलिब्रिज प्रदेश सरकारलाई हस्तान्तरण गर्न मुनासिव देखिएको छ, पुल झिक्ने ढुवानी गर्ने र जडान कार्यमा नेपाल सरकारलाई आर्थिक भार नपार्ने र आवश्यक परेको बेला फिर्ता गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन अनुसार उक्त पुल हस्तान्तरण गरिएको छ’, पत्रमा लेखिएको छ।
फिदिम नागीन फालौट मार्गमा पर्ने फेमे खोलाको पक्की पुल २०८१ साल असोज १२ गते बाढीले बगाएको थियो। प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने उक्त स्थानमा पुल पुन: निर्माणको प्रकृया नथालिँदा आउने वर्षायाम फेमे खोला पारीको फालेलुङ गाउँपालिकासँगै फिदिम नगरपालिका १०, ११, १२ र १३ नम्बर वडा प्राकृतिक नाकाबन्दीमा पर्ने निश्चित छ।
सम्भावित जोखिमको पूर्व अनुमान गर्दै फेमे खोलामा पुल बनाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँगै फिदिम र फालेलुङका जनप्रतिनिधिले पटक पटक आग्रह गरेपनि प्रदेश सरकारले प्रक्रिया थालेको छैन।
यसैबिच जनप्रतिनिधि र सांसदको अनुरोधमा संघीय सरकारले फेमे खोलालाई काबेलीको बेलिब्रिज उपलब्ध गराउने निर्णय गरेको हो। वैशाख ९ गतेको मन्त्री स्तरीय निर्णयबाट फेमे खोलाका लागि बेलिब्रिज उपलब्ध गराउने निर्णय भएको हो।
संघीय सरकारबाट बेलिब्रिज उपलब्ध भएपनि प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले उक्त बेलिब्रिज झिकेर ल्याउने प्रकृया थालेको छैन।
पूर्वाधार विकास कार्यालय पाँचथरले बेलिब्रिज जडान पूर्व सडक र जग निर्माणका लागि बोलपत्र आह्वान गरेर प्रकृया थाल्नुपर्नेमा ढिलाइ गरिरहेको आरोप फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: