Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

फेमे खोलालाई काबेलीको बेलिब्रिज

खबरडबली संवाददाता

फिदिम। संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलिब्रिज उपलब्ध गराउने भएको छ।

संघीय सरकार अन्तरगत सडक डिभिजन इलामले प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरलाई शुक्रबार पत्र लेख्दै काबेलीको पुल उपलब्ध गराएको हो।

पुल ढुवानी र जडान खर्च भने प्रदेश सरकारले व्यहोर्नु पर्ने डिभिजन प्रमुख पवन भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘काबेली नदीमा पक्की पुल बनिसकेकाले यहाँ रहेको ४८.८ मिटर लामो बेलिब्रिज प्रदेश सरकारलाई हस्तान्तरण गर्न मुनासिव देखिएको छ, पुल झिक्ने ढुवानी गर्ने र जडान कार्यमा नेपाल सरकारलाई आर्थिक भार नपार्ने र आवश्यक परेको बेला फिर्ता गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन अनुसार उक्त पुल हस्तान्तरण गरिएको छ’, पत्रमा लेखिएको छ।

फिदिम नागीन फालौट मार्गमा पर्ने फेमे खोलाको पक्की पुल २०८१ साल असोज १२ गते बाढीले बगाएको थियो। प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने उक्त स्थानमा पुल पुन: निर्माणको प्रकृया नथालिँदा आउने वर्षायाम फेमे खोला पारीको फालेलुङ गाउँपालिकासँगै फिदिम नगरपालिका १०, ११, १२ र १३ नम्बर वडा प्राकृतिक नाकाबन्दीमा पर्ने निश्चित छ।

सम्भावित जोखिमको पूर्व अनुमान गर्दै फेमे खोलामा पुल बनाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँगै फिदिम र फालेलुङका जनप्रतिनिधिले पटक पटक आग्रह गरेपनि प्रदेश सरकारले प्रक्रिया थालेको छैन।

यसैबिच जनप्रतिनिधि र सांसदको अनुरोधमा संघीय सरकारले फेमे खोलालाई काबेलीको बेलिब्रिज उपलब्ध गराउने निर्णय गरेको हो। वैशाख ९ गतेको मन्त्री स्तरीय निर्णयबाट फेमे खोलाका लागि बेलिब्रिज उपलब्ध गराउने निर्णय भएको हो।

संघीय सरकारबाट बेलिब्रिज उपलब्ध भएपनि प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले उक्त बेलिब्रिज झिकेर ल्याउने प्रकृया थालेको छैन।

पूर्वाधार विकास कार्यालय पाँचथरले बेलिब्रिज जडान पूर्व सडक र जग निर्माणका लागि बोलपत्र आह्वान गरेर प्रकृया थाल्नुपर्नेमा ढिलाइ गरिरहेको आरोप फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending