काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गरेका छन् ।
शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीको विरोधलाई गम्भीरतापूर्वक नलिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।उनले विपक्षीले सही कुराको विरोध गरे पनि त्यस्तो विरोध उनीहरूको नाममा भविष्यसम्म रेकर्ड हुने र पछिल्लो पुस्ताले समेत त्यसको मूल्यांकन गर्ने जिकिर गरे।“हाम्रा नीतिहरू सही छन्, ढुक्क भएर अगाडि बढ्नुस्। विपक्षीले जे गरे पनि विरोध गर्नैपर्छ भन्ने ठान्छन्, कुनै एक बुँदा पनि समर्थन गर्दैनन्, गलत बोलेको कुरा रेकर्डबाट हटाउनु हुँदैन, किनभने पछिल्ला पुस्ताले हाम्रा पुर्खाले के बोले भनेर थाहा पाउनुपर्छ,” उनले थपे।
प्रधानमन्त्री ओलीले सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरूलाई गहन अध्ययन गरी स्पष्ट र बलियो ढंगले प्रस्तुत हुन आग्रह गरे। “बोल्दा कुनै चिप्लिने कुरा नहोस्, बुँदाहरू लेखेर जाँदा कुनै कुरा छुट्दैन र व्याख्या गर्न सजिलो हुन्छ,” उनले भने।
उनले संसदमा विपक्षीले उठाउने गलत कुराको तत्काल प्रतिवाद गर्न तयारीका साथ प्रस्तुत हुनुपर्नेमा पनि जोड दिए।
एमालेको संसदीय दल आकार र विचार दुवै हिसाबले बलियो रहेको बताउँदै ओलीले सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए। “हाम्रो दल मुद्दा र विचारमा पनि ठूलो छ, त्यसैले हरेक कुरा स्पष्ट र तथ्यपूर्ण ढंगले राख्नुपर्छ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: