Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कोरोना संक्रमणका कारण धरासायी बनेकाे बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

खबरडबली संवाददाता

बर्दिया । कोरोना संक्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।

कोरोना संक्रमणका कारण करिव ४ वर्ष धरासायी बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा कोरोना संक्रमणको समाधानसँगै पर्यटक आउने क्रम पनि बढदै गएको छ । निकुञ्जको अवलोकनमा पर्यटकको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले गर्ने आमदानी समेत बढेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कलाई हेर्ने हो भने ०७८/७९ मा नेपाली १३ हजार सार्क मुलुकका नौ सय एक र बिदेशी मुलुकका दुई हजार तीन सय २२ गरी कुल १६ हजार दुई सय ९७ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन भने आर्थिक वर्ष ०७९।८० मा नेपाली १६ हजार सात सय ७८ जना, सार्क मुलकुका एक हजार दुई सय २८ र विदेशी मुलुकका छ हजार तीन सय २४ जना गरी कुल २४ हजार तीन सय ३० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । 

त्यसैगरी ०८०।८१ मा नेपाली १५ हजार तीन सय २४, सार्क मुलुकका एक हजार चार सय ३६ जना र विदेशी छ हजार तीन सय ८४ जना गरी कुल २५ हजार आठसय ३१ जना पर्यटकले निकुञ्जको अवलोकन गर्दा चालु आर्थिक वर्षमा भने नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार ५९ जना र विदेशी मुलुकका पाँच हजार नौ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।

कोरोना संक्रमणमा धारासायी बनेको पर्यटकिय क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन देखेर निकुञ्जकर्मी समेत उत्साहित भएका छन् । केही वर्षअघि सुनासान भएको पर्यटकिय क्षेत्र दुई तीन बवर्ष यतादेखि चहलपहल बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए । 

बर्दिया राष्टिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्न थालेपछि निकुञ्ज क्षेत्रमा होटल व्यवसाय गर्नेहरु समेत उत्साहित भएका छन् । भर्खरभर्खर होटल सञ्चालन गर्नेहरु कोरोना संक्रमणका समयमा बन्द गरेर हिँड्नु पर्ने अवस्था थियो तर जसोतसो त्यो समय कटाईयो अहिले पर्यटकहरु पनि राम्रै आउने गरेका छन होटल प्याराडाईजनका सञ्चालक शङ्कर भटराईले बताए । 

संक्रमणका समयमा निकुञ्जको आसपास पर्यटकसमेत देख्न समस्या हुन्थ्यो, आजभोली पर्यटक भरिएको देख्दा यस्तो दिन पनि आउँदो रहेछ भन्ने महसुस भएको ठाकुरबाबा नगरपालिका ९ का स्थानिय हरिवंश पाण्डेले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending