कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराइने भएको हो ।
नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि आर्थिक सहायता कोषको व्यवस्था गरिने नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
“स्थानीय नागरिकसँग स्थानीय सरकार छ अनुभूति गराउनका लागि यो कार्यक्रम ल्याएका हौँ”, उनले भने, “त्यसका लागि नगरपालिकाले छुट्टै आर्थिक सहायता कोष स्थापना गरेर त्यसबाट किरिया खर्च उपलब्ध गराउने छ ।” स्थानीय सरकार नागरिकप्रति उत्तरदायी भएकाले जनता केन्द्रित नीति र बजेट ल्याक्ष्इको उनको भनाइ छ ।
“जसको कोही छैन, त्यसका लागि सरकार छ भन्ने नागरिकलाई अनुभूति दिन सक्नुपर्छ”, उपप्रमुख शाहीले भने, “त्यसैका लागि नागरिकप्रति लक्षित गरेर यस्ता कार्यक्रम ल्याएका हौँ । यसले गर्दा धेरै नागरिकलाई राहत मिल्नेछ ।”
यो कार्यक्रमले आकस्मिक मृत्यु भएमा गरिब तथा विपन्न परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने भएकाले किरिया गर्न ऋण लिनुपर्ने बाध्यता केही हदसम्म कम हुने नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । “यसले सामाजिक सुरक्षा र स्थानीय सरकारप्रति नागरिकको भरोसा रहन्छ”, उनले भने, “विपद्, दुर्घटना वा आर्थिक रुपमा कमजोर परिवारलाई सहयोग पुग्छ ।”
नगरभित्रका नागरिकको मृत्यु भएमा किरिया खर्च सामाजिक सुरक्षा कार्यक्रम सकारात्मक पहलका रूपमा लिन सकिने तिलागुफा–६ का स्थानीय गणेशबहादुर शाहीले बताए । “कार्यक्रम कार्यान्वयनको पारदर्शिता हुनु आवश्यक रहेको छ”, उनले भने, “यसलाई पारदर्शी रूपमा कार्यान्वयन गराउन सके नागरिकमा स्थानीय सरकार भएको अनुभूति हुनेछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: