काठमाडाैं । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ ।
तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत सोचमा आएको ह्रासले युवालाई नयाँ बैबाहिक सामाजिक संकटतर्फ धकेलिएको छ । अहिले अवस्था यस्तो छ कि धेरै युवाहरु अविवाहित छन्, उनीहरुसँग न बिहे गर्ने समय छ, न त मन नै छ ।
यो प्रवृत्तिप्रति सरकार र समाज दुवै चिन्तित छन्, किनभने जन्मदरमा आएको ह्रास र पारिवारिक संरचनाको कमजोरीले देशको सामाजिक संरचनालाई असर गरिरहेको छ । यो सामाजिक परिवर्तनको बीचमा एक नयाँ प्रवृत्ति भने देखा परेको छ। त्यो हो, लाइभ भिडियो डेटिङ शो।
रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् ।
रिपोर्टका अनुसार चीनमा ३० प्रतिशतभन्दा बढी युवाहरू अझै अविवाहित छन्। यसको प्रमुख कारण शिक्षा र करियरलाई लिएर बढ्दो दबाब रहेको विज्ञहरू बताउँछन् । युवाहरूसँग डेटिङ वा सम्बन्धका लागि समय नै हुँदैन। यस्तो अवस्थामा व्यवस्थित विवाह वा पारिवारिक सञ्जालजस्ता परम्परागत विधिहरू मार्फत सम्बन्ध स्थापित गर्ने इच्छा पहिलेको जस्तो सहज छैन।
यद्दपी, डेटिङ शोले भने केही राहात गरेको छ । यी शोहरू हरेक राति ११ बजेबाट सुरु हुने यी सत्रहरू साइबर म्याचमेकर टियान जिनजस्ता प्रभावशालीले आयोजना गरेका छन्। जसको प्रत्येक सत्रमा एकपटकमा कम्तिमा ८०० भन्दा बढी दर्शकहरू सामेल भइरहेका छन ।
यी लाइभ डेटिङ सत्रहरूमा भाग लिने युवाहरूले क्यामेरामा आफ्नो बारेमा बताउनु पर्छ। आफ्नो उमेर, पेशा, आय, शौक र व्यक्तिगत प्रतिभा जस्ता कुराहरू साझा गर्नु पर्छ । कतिपय सहभागीले गीत गाउँछन् भने कोही आ–आफ्नो शैलीमा नाच्दै दर्शकको मन जित्ने प्रयास गर्छन् । वास्तविक प्रतिक्रिया लाइभ टिप्पणीहरू मार्फत पनि उपलब्ध हुन्छन् ।
स्टीव चेन, एक २५ वर्षीय मेडिकल विद्यार्थी हुन्, जसले आफूलाई सधैं ‘बर्थ सिंगल’ भनेर वर्णन गर्ने गर्दथे तर एक यस्तो कार्यक्रम मार्फत विशेष व्यक्तिलाई भेटेका थिए । धेरै प्रत्यक्ष सत्रहरू र कुराकानीहरू पछि उनको क्रिस्टिन झांग, एक नियमित दर्शकसँग प्रेम महसुस गर्न थाले । बिस्तारै उनीहरुको कुराकानी डेटिङसम्म पुग्यो र अहिले यतिखेर उनीहरु गम्भीर सम्बन्धमा छन् ।
यो पछिल्लो प्रवृत्ति चीनका सहरी युवाहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ। यो परम्परागत सम्बन्धहरू भन्दा फरक मात्र होइन, पूर्ण रूपमा डिजिटल पनि छ जहाँ हजारौं दर्शकहरूको अगाडि पहिलो छाप बनाउन पाइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - २०:२७
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् । चैनपु...
माघ १२ गते, २०८२ - १८:३०
काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
माघ १२ गते, २०८२ - १७:४२
काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...
माघ १२ गते, २०८२ - १७:३७
जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...
माघ १२ गते, २०८२ - १७:३५
काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...
माघ १२ गते, २०८२ - १७:३२
काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...
माघ १२ गते, २०८२ - १७:२७
काठमाडाैं । सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...
माघ १२ गते, २०८२ - १७:२३
काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...




प्रतिकृया लेख्नुहोस्: