हुम्ला। जिल्ला अस्पताल हुम्लाका चिकित्सकले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
गत कात्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जना चिकित्सकले अस्पतालमा सेवा दिएबापत रकम नपाएको गुनासो गरेका हुन् ।
छात्रवृत्ति करारमा कार्यरत एमडिजिपी एक जना र मेडिकल अधिकृत तीन जना चिकित्सकले तलब नपाएको बताएका छन् । सङ्घीय सरकार र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको लापर्बाहीका कारण उनीहरूले तलब नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार पटक पटक कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको हो । सात महिनादेखि तलब नपाउँदा व्यक्तिगत काममा खर्च तथा खटनपटन गर्नलाई निकै समस्या परेको जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक एमडिजिपी हिमविक्रम शाहीले गुनासो गरे ।
तलब नआएकै कारण घरखर्चसमेत टार्न गाह्रो भएको दु:ख उनले व्यक्त गरे । कर्णाली प्रदेश सरकारको लाचारीपनले तलब नआउनुका साथै काम गर्ने जाँगर पनि घट्दै गएको उनले बताए ।
आफूसहित चार जना चिकित्सक गरेर हालसम्मको ३० लाख ६६ हजार ५२० रुपियाँ नपाएको शाहीले बताए। यसका लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले पटक पटक प्रदेश सरकारलाई अनुरोध गरेको थियो तर पनि स्वास्थ्य सेवा विभाग र सामाजिक विकास कार्यालयको लापर्बाहीका कारण कुनै सुनुवाइ नभएको सूचना अधिकारी शाहीको भनाइ छ ।
तलब नपाउने चिकित्सकमा मेडिकल अधिकृत छक्कबहादुर थापा, सर्जन सिंह, खरस्ती प्रजापति र एमडिजिपी हिमविक्रम शाही रहेको छन् । यसअघि मात्रै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले जिल्ला अस्पताल हुम्लामै पुगेर समस्या समाधान गर्ने आश्वासन दिएको थिए ।
सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले सो विषयमा सङ्घीय सरकारलाई पटक पटक अनुरोध गरेकाले वैशाख पहिलो साता सङ्घीय सरकारले तलब प्रदेशमा पठाएको भन्ने जानकारी गराए पनि प्रदेशको प्रणालीमा हालसम्म नदेखाएकाले तलब पठाउन नसकेको बताए। यसका लागि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ताकिता लगाएको र अब छिट्टै समाधान हुने उनले जनाए।
केन्द्रको स्वास्थ्य मन्त्रालयले रकम पठाउने भएको र यसको अख्तियार आउनासाथ चिकित्सकले तलब पाउने आश्वासन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...
माघ १८ गते, २०८२ - १७:०६
काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्...
माघ १८ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएको छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बूढ...
माघ १८ गते, २०८२ - १६:४४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने कि जलाउने भन्नेबीचको प्रतिस्पर्धा हुने बताएका छन्। शनिबार काठमाडौंको चाबहि...
माघ १८ गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...
माघ १८ गते, २०८२ - १५:२२
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...
माघ १८ गते, २०८२ - १५:१२
काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...
माघ १८ गते, २०८२ - १५:०१
जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...
माघ १८ गते, २०८२ - १४:५१
वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...
माघ १८ गते, २०८२ - १४:४३
हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...



प्रतिकृया लेख्नुहोस्: