Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

बागलुङकाे रङ्गवैकटेश मन्दिर परिसरमा शालग्राम महोत्सव

खबरडबली संवाददाता

बागलुङ । बागलुङ नगरपालिका ४ कुँडुले फेदीस्थित रङ्गवैकटेश मन्दिर परिसरमा शालग्राम महोत्सव सुरु भएको छ । रङ्गवैकटेश मुक्तिनारायण मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसरमा आयोजित शालग्राम महोत्सवको बुधबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री पाठकले संसारले बुझेको शालिग्रामको महत्त्वलाई हामीले अझै बुझ्न नसकेको बताए । ‘‘चर्तुबाहिनी नदीका रूपमा परिचित कालीगण्डकी नदी किनारमा पाइने शिलाको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागार गर्दै संसारभर प्रचारप्रसार गर्दै संरक्षणमा सबै जुट्न पर्छ,’’ मन्त्री पाठकले भने । अवैध रूपमा बढ्दै गएको नदी दोहनले शालिग्राम नै सङ्कटमा पर्न सक्ने उल्लेख गर्दे मन्त्री पाठकले कानुनविपरित भइरहेको कालीगण्डकी दोहन रोक्न स्थानीय तहलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरे । 

‘‘नदी संरक्षणको नाममा नदीजन्य पदार्थ उत्खनन् गर्नै नहुने भन्ने होइन, नदीको प्राकृतिक स्वरूप नै परिवर्तन गर्नेगरी भइरहेका कामप्रति चनाखो हुनुपर्छ’’ मन्त्री पाठकले भने, ‘‘धार्मिक र सांस्कृतिक महत्त्व बोकेको कालीगण्डकी नदी संरक्षण गर्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन’’ पाठकले भने । शालग्राम सङ्ग्रहालयलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके यस क्षेत्रले आर्थिक लाभ लिनसक्ने बताउँदै मन्त्री पाठकले मन्दिर र सङ्ग्रहालयको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सधैं साथ रहने बताए । 

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले शालग्राम संरक्षण गर्ने काम मात्र नभई सबैले सत्चरित्र निर्माण गर्नुपर्ने बताए । उनले भारतीयले शालीग्रामको महत्त्व बुझेर अयोध्या लगेर पुजेको तर हामीले पुज्न नसकेको तर्क गरे । ‘‘एउटा शीला अयोध्या लगेर नेपालबाट ल्याएको भनेर लेखेर राखिएको छ, हामीले त्यसको महत्त्व बुझ्न सकेनौं, शालीग्रामले बनेका घरमा बसेर हामीले सतचरित्र देखाउन चुकेका छौं ।’’ 

महोत्सवमा दैनिक पाठपारायण, रामायण प्रवचन, भजनकीर्तन, १ सय ८ कलश पुजन, शालग्रामको महत्त्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनबाट प्रवचन लगायतका कार्यक्रम गरिने रङ्गवैकटेश मन्दिरका अध्यक्ष तथा शालग्राम सङ्ग्रहालयका परिकल्पनाकार स्वामी प्रपन्नाचार्यले जानकारी दिए । उनका अनुसार, शालग्राम शीला र शालग्राम पाइने एकमात्र नदी कालीगण्डकीको महत्त्वबारे पनि महोत्सवमा बढी चर्चा हुने छ ।

बाघको मुखाकृति सुरुङ निर्माण गरी सङ्ग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रूपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको छ । बागलुङ कालिका भगवती, मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाने हजारौँ पर्यटक अहिले सङ्ग्रहालयमा पुग्न थालेका छन् । १० करोड बढी लगानीमा धार्मिक महत्त्वका संरचना बनेपछि सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो छ ।

सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति बनाइएको छ । शालिग्राम शीला हिन्दू धर्ममा अत्यन्तै पवित्र र पूजनीय पत्थर मानिन्छ, जुन विशेषगरी भगवान् विष्णुको प्रतीकको रूपमा पूजिन्छ । विशेष गरी कालीगण्डकी नदी, मुक्तिनाथ र दामोदर कुण्ड क्षेत्रहरूमा शालग्राम शीला पाइन्छन् । पद्मपुराण अनुसार, शालीग्राम शीलाको स्पर्शमात्रले पनि करोडौं जन्मका पापहरू नष्ट हुने विश्वास गरिन्छ । यसको विधिपूर्वक पूजा गरेमा मोक्ष प्राप्ति सम्भव हुने पद्यपुराणमा उल्लेख गरिएको छ ।

शालीग्राम शीलालाई १ सय मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । गत वर्षको तुलनामा चालु वर्ष ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयको अवलोक गरेका छन् । गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु वर्षको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्यले जानकारी दिए । त्रिशूल आकारमा सुरुङभित्र स–साना शालीग्रामदेखि ३ सय किलोसम्मका शालीग्राम छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending