Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आर्थिक कसुर अनुसन्धानका लागि अझ व्यापक अधिकार दिएको छ। अध्यादेशमार्फत गरिएको संशोधनपछि विभाग अब कर, तस्करी, बैंकिङ, बीमा र सेयर बजारसम्मका गम्भीर आर्थिक अपराधमा सिधै अनुसन्धान गर्न सक्ने भएको छ।

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ संशोधन गर्दै विभागको क्षेत्राधिकार विस्तार गरेको हो। १८ वैशाखमा राष्ट्रपति कार्यालयबाट स्वीकृत अध्यादेशअनुसार अब भन्सार, अन्तःशुल्क तथा करसम्बन्धी तस्करी, प्रत्यक्ष तथा अप्रत्यक्ष कर छली, धितोपत्र तथा कमोडिटिज बजारमा हुने म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ, बैंकिङ, विदेशी विनिमय र बीमा क्षेत्रका शंकास्पद गतिविधि पनि विभागको अनुसन्धान दायरामा आएका छन्।

पहिले यस्ता उजुरीहरू विभागमा आउने भए पनि अनुसन्धान अधिकार सीमित थियो। तर नयाँ व्यवस्थापछि विभागले प्राप्त प्रमाणका आधारमा सिधै अनुसन्धान अघि बढाउन सक्नेछ।

त्यस्तै, अध्यादेशले मुद्दा दायर प्रक्रियामा पनि परिवर्तन गरेको छ। अब विभागको अनुसन्धानपछि मुद्दा चल्ने देखिएमा सरकारी वकिलमार्फत विशेष अदालतमा प्रत्यक्ष मुद्दा दायर हुने व्यवस्था गरिएको छ।

साथै, अनुसन्धानका क्रममा सम्बद्ध आर्थिक कसुर मात्र होइन, अन्य सम्बन्धित अपराध पनि देखिएमा त्यसलाई समेत अभियोजनको सिफारिस गर्न सकिने गरी कानुनी बाटो खुला गरिएको छ।

सरकारको यो कदमपछि सम्पत्ति शुद्धीकरण विभागलाई देशका जटिल आर्थिक अपराध नियन्त्रण गर्ने ‘केन्द्रीय शक्तिशाली निकाय’ का रूपमा उभ्याइएको विश्लेषण गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

पूर्व जनप्रतिनिधि मुसहरिनलाई मानव मलमूत्र खुवाएको आरोपमा एक पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा दलित समुदायकी एक पूर्व महिला वडा सदस्यमाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटनामा प्रहरीले एक जनालाई ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending