Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ कित्ता सेयर ७९ हजार सात सय ७७ पटक खरिदबिक्री हुँदा नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार छ सय ५५ बराबरको कारोबार भएको हो । आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ६१, लघुवित्त शून्य दशमलव शून्य चार, म्युचुअल फन्ड शून्य दशमलव २३ र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७०, विकास बैँक एक दशमलव शून्य छ, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ५० र लगानी शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, निर्जीवन बिमा शून्य दशमलव १८ र अन्य समूह एक दशमलव १६ प्रतिशतले घटेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ५८ करोड चार लाख २४ हजार चार सय २१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको १४ लाख ४२ हजार आठ सय ८५ कित्ता सेयर किनबेच भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप

काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...

अतिक्रमित हाटबजार विस्तार र व्यवस्थित हुन सकेन

रौतहट । नगरपालिकाको उदासिनताको कारण अतिक्रमणले साँघुरिएको रौतहटको पुराना ठुला बजारमध्ये चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रनिगाहपुर हाटबजार विस्तार ...

प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा १४ सय कर्मचारी खटाइने

बैतडी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सयभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई सय १४ मतदान केन्द्रका ला...

चुनावका लागि कांग्रेसले केन्द्रीय पदाधिकारी र सदस्यहरू जिल्ला–क्षेत्रमा परिचालन गर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...

प्रतिनिधिसभा सदस्य निर्वाचन: मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्...

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएको छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बूढ...

आगामी निर्वाचन देश बनाउने र जलाउनेबीचको प्रतिस्पर्धा हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने कि जलाउने भन्नेबीचको प्रतिस्पर्धा हुने बताएका छन्। शनिबार काठमाडौंको चाबहि...

७२ वर्ष पुगेँ, अझै केही वर्ष सक्रिय राजनीतिमा रहन्छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...

विश्वकप अभ्यास: लागातार दोस्रो खेलमा नेपाल विजयी: आरिफको अर्धशतक, सन्दीपले लिए तीन विकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE