मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारका मन्त्रीलाई द्रूत गतिमा कार्यसम्पादन गर्न निर्देशन दिए ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन र प्रदेश सरकारको कार्यसम्पादनका बारेमा मंगलबार हेटौँडामा भएको समीक्षा कार्यक्रममा मुख्यमन्त्री लामाले मन्त्रीलाई यस्तो निर्देशन दिएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहभागी कार्यदल रहेको संसदीय दलका नेता मुख्य सचेतक, प्रमुख सचेतकलगायत र प्रदेशका मन्त्रीको सहभागितामा छलफल भएको हो । छलफलमा मुख्यमन्त्री लामाले प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेट खर्च सुस्त रहेकोले मन्त्रालयको कार्यसम्पादन र बजेट खर्चलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।
प्रदेशका मन्त्रीले मन्त्रालयगत कार्यप्रगति प्रस्तुत गरेर समीक्षा कार्यक्रममा मुख्यमन्त्री लामाले चालु आवको नौ महिनाको अवधिको वित्तीय प्रगति सन्तोषजनक नभएकोले अन्य काममा भन्दा चालु आवको कार्यक्रम र विनियोजित बजेट खर्चमा प्राथमिकता दिन मन्त्रीलाई सुझाए ।
छलफलमा मुख्यमन्त्री कार्यालयसहित प्रदेशका १४ वटा मन्त्रालयको गत चैत मसान्तसम्मको कार्य प्रगति प्रस्तुतिपछि बजेट खर्चको प्रगति कमजोर रहेको समीक्षा कार्यक्रममा सहभागी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बताए ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री लामिछानेले समीक्षामा मन्त्रीले आर्थिक वर्ष सकिँदा कुल बजेटको ८० प्रतिशत प्रगति हासिल हुने बताए । सत्तारुढ दलको कार्यदलका सदस्य कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले सरकारका मन्त्री र कार्यदलका सदस्यसहितको समीक्षा कार्यक्रममा सहभागी सरकारको गत नौ महिनाको कामको समीक्षा गर्दै कमजोरीलाई सुधार गर्दै बाँकी अवधिमा सरकारको कामलाई द्रुतगतिमा अगाडि बढाउने बारेमा सुझाइएको बताए ।
चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँ बजेटमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले चालु आवको नौ महिना पुरा हुँदा ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको छ । यो अवधिमा प्रतिशतका आधारमा चालुतर्फको बजेटको तुलनामा पुँजीगत तर्फको बजेट कम खर्च भएको छ ।
नौ महिनाको अवधिमा पुँजीगततर्फ २८.२४ प्रतिशत र चालुतर्फ ४०.५१ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालु आवका लागि चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपियाँ विनियोजन गरेकोमा नौ महिनाको अवधिमा १० अर्ब ४९ करोड सात लाख ५५ हजार र पुँजीगततर्फ ३७ अर्ब नौ करोड १२ लाख ४९ हजार रुपियाँ विनियोजन भएकोमा यो अवधिमा १० अर्ब ४९ करोड सात लाख ११ हजार रुपियाँ खर्च गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले गत असोजको दोस्रोे साता आएको बाढीपहिरोका कारण प्रदेशका छ हजारभन्दा बढी परिवार प्रभावित भएको भन्दै छलफलमा विपद्का लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापन कोषमा बजेट नहुँदा नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्न नसकेको गुनासो गरेको भन्दै विपद् व्यवस्थापन कोषमा पर्याप्त बजेट व्यवस्थापन गर्न माग गरिएकोसमेत बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: