Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

प्रदेश सरकारका मन्त्रीलाई द्रूत गतिमा कार्यसम्पादन गर्न निर्देशन

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारका मन्त्रीलाई द्रूत गतिमा कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन र प्रदेश सरकारको कार्यसम्पादनका बारेमा मंगलबार हेटौँडामा भएको समीक्षा कार्यक्रममा मुख्यमन्त्री लामाले मन्त्रीलाई यस्तो निर्देशन दिएका हुन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहभागी कार्यदल रहेको संसदीय दलका नेता मुख्य सचेतक, प्रमुख सचेतकलगायत र प्रदेशका मन्त्रीको सहभागितामा छलफल भएको हो । छलफलमा मुख्यमन्त्री लामाले प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेट खर्च सुस्त रहेकोले मन्त्रालयको कार्यसम्पादन र बजेट खर्चलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।

प्रदेशका मन्त्रीले मन्त्रालयगत कार्यप्रगति प्रस्तुत गरेर समीक्षा कार्यक्रममा मुख्यमन्त्री लामाले चालु आवको नौ महिनाको अवधिको वित्तीय प्रगति सन्तोषजनक नभएकोले अन्य काममा भन्दा चालु आवको कार्यक्रम र विनियोजित बजेट खर्चमा प्राथमिकता दिन मन्त्रीलाई सुझाए । 

छलफलमा मुख्यमन्त्री कार्यालयसहित प्रदेशका १४ वटा मन्त्रालयको गत चैत मसान्तसम्मको कार्य प्रगति प्रस्तुतिपछि बजेट खर्चको प्रगति कमजोर रहेको समीक्षा कार्यक्रममा सहभागी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बताए । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री लामिछानेले समीक्षामा मन्त्रीले आर्थिक वर्ष सकिँदा कुल बजेटको ८० प्रतिशत प्रगति हासिल हुने बताए । सत्तारुढ दलको कार्यदलका सदस्य कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले सरकारका मन्त्री र कार्यदलका सदस्यसहितको समीक्षा कार्यक्रममा सहभागी सरकारको गत नौ महिनाको कामको समीक्षा गर्दै कमजोरीलाई सुधार गर्दै बाँकी अवधिमा सरकारको कामलाई द्रुतगतिमा अगाडि बढाउने बारेमा सुझाइएको बताए । 

चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँ बजेटमध्ये प्रदेश सरकारका मन्त्रालय, कार्यालय र आयोगले चालु आवको नौ महिना पुरा हुँदा ३२.५१ प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ६६ लाख १४ हजार रुपियाँ खर्च भएको छ । यो अवधिमा प्रतिशतका आधारमा चालुतर्फको बजेटको तुलनामा पुँजीगत तर्फको बजेट कम खर्च भएको छ ।

नौ महिनाको अवधिमा पुँजीगततर्फ २८.२४ प्रतिशत र चालुतर्फ ४०.५१ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालु आवका लागि चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपियाँ विनियोजन गरेकोमा नौ  महिनाको अवधिमा १० अर्ब ४९ करोड सात लाख ५५ हजार र पुँजीगततर्फ ३७ अर्ब नौ करोड १२ लाख ४९ हजार रुपियाँ विनियोजन भएकोमा यो अवधिमा १० अर्ब ४९ करोड सात लाख ११ हजार रुपियाँ खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले गत असोजको दोस्रोे साता आएको बाढीपहिरोका कारण प्रदेशका छ हजारभन्दा बढी परिवार प्रभावित भएको भन्दै छलफलमा विपद्का लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापन कोषमा बजेट नहुँदा नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्न नसकेको गुनासो गरेको भन्दै विपद् व्यवस्थापन कोषमा पर्याप्त बजेट व्यवस्थापन गर्न माग गरिएकोसमेत बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE