काठमाडौं । अघिल्लो दिन सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक मंगलबार पुन: १५.०८ अंकले घट्दै २६३१.९८ विन्दुमा झरेको छ।
यही क्रममा, सेन्सेटिभ इण्डेक्स १.९३ अंकले, फ्लोट इण्डेक्स ०.७८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको देखिएको छ। सोमबार ८ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको मात्रै कारोबार भएको हो। सो दिन ३११ वटा स्टकका १ करोड ८४ लाख ९१ हजार कित्ता सेयर ६६ हजार २६५ पटक खरिदबिक्री भएका थिए।
५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो । बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटे ।
त्यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९ प्रतिशत र राधी विद्युत कम्पनीको मूल्य ७ प्रतिशतले बढेको छ। तर, मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य भने ९.८८ प्रतिशतले घटेर सबैभन्दा धेरै ओरालो लागेको हो।
कारोबार रकमको हिसाबले सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
दोस्रो स्थानमा ङादी ग्रुप पावर छ, जसको ६२ करोडभन्दा बढीको कारोबार भएको छ। राधी विद्युत कम्पनीको पनि करिब ४६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: