Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

विद्यालय सञ्चालन गर्न मुसिकोट नगरपालिकाको निर्देशन

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलबारदेखि सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन आन्दोलनरत शिक्षकलाई निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै मुसिकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पाठयपुस्तक वितरण र पठनपाठन लगायतका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको हो ।

शिक्षकहरुको विभिन्न मागसहित आन्दोलन जारी रहेको भएता पनि, छिमेकी जिल्लाका पालिका र गुल्मी जिल्लाकै पालिकाका धेरै विद्यालयहरुमा भर्ना, पठनपाठनका क्रियाकलापहरु सञ्चालन भइरहेको हुँदा यस नगरपालिकामा आजदेखि नियमित विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताए ।

मुसिकोट नगरपालिकाले शिक्षकहरुको जायज र पूरा गर्न सकिने मागहरुका सन्दर्भमा सहमतिसहित आजसम्म सहयोग गरेको बताइएको छ । आज वैशाख १६ गतदेखि यहाँका विद्यालयमा विद्यार्थी भर्ना, पाठयपुस्तक वितरण र पठनपाठन लगायतका क्रियाकलाप सञ्चालनसञ्गै जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

यस नगरपालिकाभित्र ६८ वटा सामुदायिक विद्यालय जसमा १६ वटा माध्यमिक विद्यालय, आठ वटा निम्न माध्यमिक विद्यालय र अन्य प्राथमिक विद्यालय रहेका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा चुनाव: छ जना पुरुषसँग एक्ली महिला उम्मेदवार टासी लाम्जोङ

हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...

सुनको मूल्य १८ हजार ८ सयले घट्यो, चाँदीको मुल्य पनि ह्वात्तै घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...

चितवन–३ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...

नारायणघाट–बुटवल सडक: पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप

काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...

अतिक्रमित हाटबजार विस्तार र व्यवस्थित हुन सकेन

रौतहट । नगरपालिकाको उदासिनताको कारण अतिक्रमणले साँघुरिएको रौतहटको पुराना ठुला बजारमध्ये चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रनिगाहपुर हाटबजार विस्तार ...

प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा १४ सय कर्मचारी खटाइने

बैतडी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सयभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई सय १४ मतदान केन्द्रका ला...

चुनावका लागि कांग्रेसले केन्द्रीय पदाधिकारी र सदस्यहरू जिल्ला–क्षेत्रमा परिचालन गर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE