Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा

खबरडबली संवाददाता

बाँके । यही वैशाख २० र २१ गते नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन हुने भएको छ । महाधिवेशनमा बाँकेका मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तहअनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठान गर्न सुझाव दिएका छन् ।

“भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था गरेको छ, रोजगारीसमेत पाउने गरेका छन्”, उनले भने, “हाम्रो यहाँ न त रोजगारीको व्यवस्था छ न माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था छ यस विषयलाई चासो दिन जरुरी छ ।”

शिक्षा र स्वास्थ्यका सवालमा मुस्लिम समुदायको अवस्था कमजोर रहेकाले महाधिवेशनले विषय उठान गर्नुपर्नेमा मुस्लिम अगुवाहरूले जोड दिँदै आएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका इञ्चार्ज मोहम्मद हारुन हलवाईले बताए ।

“इत्तेहादको महाधिवेशन भए पनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यूसमक्ष राख्ने अवसर पनि हो”, हलवाईले भने, “प्रधानमन्त्री आउने कार्यक्रम भएकाले इत्तेहादको महाधिवेशनलाई मुस्लिम समुदायका सवाल उठान गर्ने अवसरका रूपमा पनि लिइएको छ ।”

मुस्लिम समुदायका अगुवाहरूले महाधिवेशनलाई सफल बनाउने प्रतिबद्धता जनाउँदै मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालयका लागि पहल गर्नुपर्ने, स्वास्थ्य संस्थामा विशेष छुटको व्यवस्था हुनुपर्नेलगायत सवाल उठाएको उनको भनाइ छ । “हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ”, उनले भने, “यो महाधिवेशन मुस्लिम समुदायका सवाललाई उठान गर्ने फोरमका साथै बाँके जिल्लालाई देशभर चिनाउने अवसर पनि हो ।” 

महाधिवेशनमा देशभरबाट आउने करिब छ सय प्रतिनिधिको सहभागिता रहने महाधिवेशन आयोजक समितिका संयोजक अब्दुलकरिम खानले बताए। उनले महाधिवेशन बाँकेले आफ्नो ‘एजेन्डा’ केन्द्रसम्म पुर्याउने अवसर भएको उल्लेख गरे । 

“जिल्लाबाट हामीले हाम्रा चासोका विषय विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायत अधिकारका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छौँ”, उनले भने “इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो, यसलाई सबै बाँकेवासीले सफल बनाउनु पर्छ ।” महाधिवेशनको सफलताको लागि बाँके र बर्दियाका स्थानीय तहसम्म प्रचारप्रसार गरिएको महाधिवेशन तयारी समितिका संयोजक खानले बताए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending