Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

भुजीखोला र दरमखोलाको पुल निर्माणको काम अलपत्र: पुरानो ठेक्का रद्द, नयाँको पर्खाइमा

खबरडबली संवाददाता

बागलुङ । निर्माण कम्पनीको चरम लापर्बाहीका कारण यहाँका दुई पुलको काम अलपत्र परेको छ । 

निर्धारित समयमा काम नहुँदा ठेक्का रद्द भएपछि भुजीखोला र दरमखोलामा पुल निर्माणको काम अलपत्र परेको हो । नयाँ ठेक्का नलाग्दा भुजी र दरमखोला पुलको काम आठ वर्षदेखि अघि बढ्न सकेको छैन । 

तीन करोड ३४ लाख रुपियाँ लागतको भुजीखोला पुलमा दुइ करोड रुपियाँ खर्च भइसकेपछि संरचना अलपत्र परेका छन् । २०७३ असोज ४ गते ठेक्का सम्झौता गरेको वाइपी रफिना संयुक्त निर्माण कम्पनीले काम गरेको भए २०७४ माघ ४ गते सकिनुपर्ने थियो । अन्तिम पटक २०७७ मङ्सिर १४ गते थपिएको म्यादमा पनि प्रगति नभएपछि सडक डिभिजन कार्यालयले तीन वर्षअघि पुलको ठेक्का रद्द गरेको थियो ।

आठ वर्षमा दुई वटा पिल्लर मात्र ठडिएको पुलको काम कहिले सुरु हुन्छ भन्ने एकिन छैन । ढोरपाटन नगरपालिका–५, अधिकारीचौरको भुजीखोला पुलको पिल्लरवरपरको जमिनमा २०७७ सालको बाढीले क्षति पुर्‍याएको छ । पुल नबन्दा स्थानीयले सास्ती खेप्न बाध्य भएको वडाध्यक्ष दीपेन्द्र पुनमगरले गुनासो गरे । मगरले भने, “भुजी माविमा अध्ययन गर्ने बालबालिकालाई पुल नहुँदा सधैँभरि जोखिम बेहोरेर हिड्नुपर्ने अवस्था छ ।” 

सडक डिभिजन कार्यालयले नयाँ ठेक्का, डिजाइन परिवर्तनलगायतका काम सकेर विभाग पठाए पनि अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा काम अघि बढ्न नसकेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले भने, “हाम्रातर्फबाट गर्नुपर्ने सबै काम सकेर मन्त्रालयमा पठाएका छौँ, आर्थिक सङ्कट देखाउँदै अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा ठेक्का लगाउन सकिएको छैन ।” 

त्यसै गरी ठेकेदारकै लापर्बाहीले गलकोट नगरपालिका–८, काँडेबास र वडा नं। ९ बाँसखोला जोड्ने दरमखोला पुल पनि आठ वर्षदेखि अलपत्र छ । थपेको म्यादमा पनि काम नगरेपछि सडक डिभिजनले वाइपी कन्स्ट्रक्सन प्रालिसंँगको ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि बाँकी बजेटको सुनिश्चित नभएसम्म नयाँ ठेक्का लगाउन नपाएपछि काम अगाडि बढ्न नसकेको लामिछानेले बताए। नयाँ ठेक्काका लागि अर्थ मन्त्रालयको सहमति पाए काम अघि बढ्ने उनको भनाइ छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending