मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा आयोजना भइरहेको मेलामा थामिनसक्नु भिड लागेपछि मेला अवधि थपिएको छ । वैशाख ६ देखि सुरु भएको मेला आगामी १७ गतेसम्म सञ्चालन गरिने भएको छ ।
मेलामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ, चितवन, बुटवलसहित भारतीय सीमा क्षेत्रका जिल्लाबाट दैनिक सर्वसाधारणको भिड लागेपछि मेला अवधि लम्बाइएको मेला संयोजक बुद्धिरत्न तुलाचनले बताए । संयोजक तुलाचनले भने, “हामीले सोचेभन्दा धेरै व्यक्ति आए, मेलाबाट स्थानीय कृषक निकै उत्साहित छन्।” यस पटक वैशाख १५ सम्म सञ्चालन गर्ने गरी तय गरिएको मेलालाई दुई दिन थप गरेसँगै चरन क्षेत्रमा थप चौँरी तथा याकलाई समेत मेलामा ल्याइएको संयोजक तुलाचनको भनाइ छ । मेलामा हालसम्म चार हजारभन्दा बढीले चौँरीको आलो रगत खाएका छन् । एक जना बिरामीले एक देखि १० गिलाससम्म चौँरीको आलो रगत पिउने गरेका छन् ।
हालसम्म ३० लाख रुपियाँभन्दा बढीको आलो रगत, याकको मासुसहित अन्य दुग्धजन्य पदार्थ बिक्री गरी एक करोड रुपियाँभन्दा बढीको आम्दानी गरिसकेको आयोजकले जनाएको छ । मेलाको अवलोकन गर्न करिब आठ हजारभन्दा बढी पर्यटकसमेत पुगेका छन् । चौँरीको आलो रगतसँगै पर्यटकले घिउ, छुर्पी, सजावटका लागि याकको सिङ, पुच्छर, पित्तसमेत बिक्री भएको छ । आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारणको रोजाइमा परेको चौँरीको आलो रगत पिउने मेलामा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म पुग्ने गरेका छन् । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा २५ गोठमा करिब एक हजार पाँच सयको हाराहारीमा रहेका चौँरी तथा याकमध्ये मेलामा पाँच सय जति ल्याइएको छ ।
समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीले पाँचऔँले, नीरमसी, जटामसी, यार्चागुम्बा जस्ता जडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौन उत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: