काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएको छन् ।
शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उहाँले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सिमाना जोडिएको चीन रहेको बताए । चीनसँगको सिमाना हिमालले पर्खाल सरह काम गरेको भए पनि भारतसँग खुला सिमाना रहेको बताए। भारतसँग विगतमा भएका सन्धि, सम्झौतहरु अद्यावधि हुन नसकेको बताए। बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधीनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
एमालेले आफ्ना अठोट, सङ्कल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताए । नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको बताए । उनले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गर्नुभयो । एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘नेपालको पोलिटिक्समा अनेक ढङ्गले समस्या छन् भन्ने हिसाबले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसाबले एउटा कोसिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै, अप्ठ्याराहरूसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधीनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन ।
मनमोहन अधिकारीले जुन सपना देखेको थिए, जुन विचार अघि सार्नुभएको थियो, जुन कार्यक्रमहरूलाई अगाडि सार्न खोज्नुभएको थियो, तिनै चिजलाई निरन्तरता दिने कोसिस एमालेले गर्दै आएको छ । एमालेलाई उसको भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको छ । यस्तो बेलामा मनमोहन अधिकारी हाम्रो अगाडि अभिभावक बनेर, प्रेरणाको स्रोत र शीतल छहारी बनेर हाम्रो अगाडि उभिएको छन् । हामी हाम्रा अठोट, सङ्कल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी छ ।
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ । एकातिर दक्षिण, पूर्व, पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको हाम्रो छिमेकी भारत छ । सिमाना खुला छ । ऊसितका सन्धि, सम्झौताहरू हिजो जुनसुकै कालखण्डमा भएका भए पनि ती अद्यावधिक हुन सकेका छैनन् । ती यथावत् छन् । अर्कोतिर उत्तरतिर हाम्रो चीन छिमेकी मुलुक १४ सय किलोमिटर सीमा जोडिएको मुलुक छ । संयोगले, भाग्यले हिमालको पर्खाल खडा छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिस्ट पार्टीहरू भन्दा पनि ज्येष्ठ कम्युनिस्ट भएको बताउनु भयो । मनमोहन अधिकारी कम्युनिस्ट पार्टीहरूको अभिभावक भएको जिकिर गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: