जुम्ला। सुर्खेतमा गाडिले ठक्कर दिएर ज्यान गुमाएका जुम्ला हिमा गाउँपालिका– ४ निवासी कालीबहादुर बुढाको शव साता दिन देखि सडकमै छ । प्रशासनले गाडी चालकलाई उन्मुक्ति दिएको भन्दै उनका आफन्तले दोषीलाई कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।
शव जिम्मा लिन नमानेका आफन्तहरूले निर्मम तरिकाले गाडीले ठक्कर दिएर मारेको भन्दै तत्काल दोषी उपर कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् । प्रहरी प्रशासनले पीडित पक्षलाई न्याय नदिएको र उल्टै दोषीलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ ।
उनीहरू माग पुरा नभएसम्म शव जिम्मा नलिने भन्दै नाराबाजी सहित सडकमा टायर बालेर शुक्रवार देखि थप आन्दोलन चर्काएका छन् । गत वैशाख ७ गते बिहान कर्णाली राजमार्ग अन्तरगत सुर्खेत रेडियो नेपाल नजिकै मध्य पश्चिम यातायात प्रालिको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडिले ठक्कर दिएर बुढाको ज्यान गएको थियो ।
घटना पछि ‘मध्यपश्चिम यातायात प्रालिले दादागिरी शैलीमा उल्टै थर्काउँदै माग प्रति कुनै चासो नदेखाएको आरोप छ ।
गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: