Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

सुर्खेतमा गाडीले ठक्कर दिदा मृत्यु भएका बुढाको शव साता दिनदेखि सडकमै

खबरडबली संवाददाता

जुम्ला। सुर्खेतमा गाडिले ठक्कर दिएर ज्यान गुमाएका जुम्ला हिमा गाउँपालिका– ४ निवासी कालीबहादुर बुढाको शव साता दिन देखि सडकमै छ । प्रशासनले गाडी चालकलाई उन्मुक्ति दिएको भन्दै उनका आफन्तले दोषीलाई कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् । 

शव जिम्मा लिन नमानेका आफन्तहरूले निर्मम तरिकाले गाडीले ठक्कर दिएर मारेको भन्दै तत्काल दोषी उपर कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् । प्रहरी प्रशासनले पीडित पक्षलाई न्याय नदिएको र उल्टै दोषीलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ । 

उनीहरू माग पुरा नभएसम्म शव जिम्मा नलिने भन्दै  नाराबाजी सहित सडकमा टायर बालेर शुक्रवार देखि थप आन्दोलन चर्काएका छन् । गत वैशाख ७ गते बिहान कर्णाली राजमार्ग अन्तरगत सुर्खेत रेडियो नेपाल नजिकै मध्य पश्चिम यातायात प्रालिको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडिले ठक्कर दिएर बुढाको ज्यान गएको थियो । 

घटना पछि ‘मध्यपश्चिम यातायात प्रालिले दादागिरी शैलीमा उल्टै थर्काउँदै माग प्रति कुनै चासो नदेखाएको आरोप छ । 

गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...

झापा ५ मा निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धता

दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...

छ महिनामा बाँकेको एक पालिकामा ५२ क्षयरोगी फेला

नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...

हुम्लामा चुनाव: छ जना पुरुषसँग एक्ली महिला उम्मेदवार टासी लाम्जोङ

हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...

सुनको मूल्य १८ हजार ८ सयले घट्यो, चाँदीको मुल्य पनि ह्वात्तै घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...

चितवन–३ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...

नारायणघाट–बुटवल सडक: पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप

काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE